लुम्बिनीको माटो र वुद्धको मूर्ति मेलबर्नमा सजाएर राखिने

इनेप्लिज २०७४ मंसिर ७ गते १९:५५ मा प्रकाशित

मेलबर्न । आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण कार्यलाई तिब्रता दिने अभिप्रायले आगामी डिसेम्बर १८ देखि २४ सम्म वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन हुने सप्ताहब्यापी महापुराण ब्यबस्थापन कार्यको अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा चन्द्र पोखरेल र संस्थापक अध्यक्ष रन्जन बैद्यले संयुक्त रुपमा रिबन काटेर औपचारिक रुपमा शुभारम्भ गर्नु भयो ।

त्यस्को लगत्तै ९ बर्षीया प्रबृति गौतमले अनपेक्षित रुपमा सबैलाई आस्चर्य चकित तुल्याउँदै करीब ढाइ मिनेट पुरै संस्कृतमा कार्यक्रम सफलताको लागि आशिर्बचन गर्नु भएको थियो ।
मेलबर्नमा नेपाली आस्था र पहिचान कायम गर्न पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने कार्यको लागि आबस्यक पर्ने कोष संकलन अभियानको लागि बिशेष सहायक मानिने यस महापुराण कार्यक्रमलाई ब्यबस्थित र सफल तुल्याउन क्षेत्रीय संयोजकहरु सहितको ५०१ सदस्यीय ब्यबस्थापन समितिको ब्यबस्था गरिएको छ ।

यो परियोजनाको लागि लुम्बिनी-कपिलवस्तु दिवस विस्व अभियानका तर्फबाट लुम्बिनीको माटो प्रदान गरिने प्रतिबद्धता अनुरुप प्रो डा कबिताराम श्रेष्ठले लुम्बिनीको माटो वेलायत लग्नु भएकोले अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ अभियानको कामको सिलसिलामा युरोप भ्रमणमा जानु हुँदा लुम्बिनीको माटोबाट वेलायत निवासी कृष्ण दर्लामीले गोलाकार बृत्तभित्र वुद्धका दुई पाइतालाको आकार दिएर बनाउनु भएको सामग्री वेलायतबाट ल्याइ केन्द्रका अध्यक्ष डा चन्द्र पोखरेल र संस्थापक अध्यक्ष रन्जन बैद्यलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो ।

स्मरण रहोस अभियानका विस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ, गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी विस्वबिद्यालयका पहिलो रजिस्टार एबं अभियानका सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल च्याप्टरका कोषाध्यक्ष धर्म बहादुर शाक्य, अभियानका नेपाल च्याप्टरका सचिब निलेश अधिकारी लगायतका टिम लुम्बिनी जानु भएको बेला लुम्बिनीका भिक्षु टुण्डुकले विस्व शान्तिका प्रतिक वुद्ध जन्मस्थल लुम्बिनीको पवित्र माटो अभियानका विस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठलाई गत मार्चमा बिधिबत हस्तान्तरण गर्नु भएको थियो । वुद्ध जन्मस्थल नेपालको लुम्बिनीको उक्त पवित्र माटोबाट बनाइएको सो सामग्री मेलबर्नमा निर्माण गरिने सो केन्द्रको बिशेष शोकेसमा वुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको जानकारी सहित सजाएर राख्ने ब्यबस्था गरिनेछ ।

विस्व संयोजक श्रेष्ठले अभियानले सामुदायिक केन्द्रलाई प्रदान गर्ने निर्णय गरिएको सुनको जलप सहितको तीन फिट अग्लो करीब ५२ केजी तौलको बुद्धको मूर्ति नेपालबाट यथाशीघ्र अस्ट्रेलिया ल्याउन पनि आग्रह गर्नु भयो । स्मरण रहोस, ३० डिसेम्बर, २०१५ मा अभियानको सातौं बार्षिकी मनाउने क्रममा अभियानका तर्फबाट विस्व संयोजक श्रेष्ठले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई ती देशका पाठ्य पुस्तकमा वुद्धको जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन लेखिएको छ: पेज लामो अनुसन्धनात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेकै बेला उक्त मूर्ति पनि नेपाल सरकारका तर्फबाट अस्ट्रेलिया पठाउने ब्यबस्था गरिदिने आग्रह गर्दै नेपाल सरकारलाई प्रमुख अतिथि मार्फत हस्तान्तरण गरिएको थियो । उक्त वुद्धको मूर्तिलाई पनि सामुदायिक केन्द्रको बिशेष शोकेसमा वुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको जानकारी सहित सजाएर राख्ने ब्यबस्था गरिनेछ ।

उक्त कार्यक्रममा श्रीमती दिल माया श्रेष्ठले कार्यक्रम सफलताको कामना गर्दै सप्ताहब्यापी महापुराणमा लाख बत्ति बाल्ने घोषणा पनि गर्नु भएको थियो ।

प्रतिक्रिया