स्वर्गीय प्रदिप राना मगरको पेरिसमा अन्तिम श्रद्धान्जली कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ मंसिर १३ गते २२:४९ मा प्रकाशित

 

बिगत ७ बर्ष देखी फ्रान्स बस्दै आउनु भएका काठमान्डौ ललितपुर निवासी प्रदीप राना मगरको गत शुक्रबार २४/११/२०१७ करीब बिहानको ६:०० बजे उपचारकै क्रममा हस्पिटलमा निधन भएको थियो। उहाँ स्किन क्यान्सर बाट ग्रसित हुनु हुन्थ्यो।

एन आर एन ए फ्रान्सले स्वर्गिय प्रदिप राना मगरका आफन्तजनको अनुरोधलाई स्विकार्दै पार्थिब शरीर लाई नेपाल पठाइदिन अन्य संघ संस्था सँग मिलेर प्रशासनिक एवं आर्थिक सहयोगका कार्यहरु अगाडि बडाइरहेको छ। २८ नोवेम्बरका दिन एन आर एन ए फ्रान्स लगायत विभिन्न संघ-संस्थाका बर्तमान तथा भुतपुर्ब पधाधिकारीहरु लगायत पेरिसका झन्डै ६०/७० नेपालीहरुले पार्थिब शरीरलाई Cognac Jay १५ पेरिसको हस्पिटलमा अन्तिम श्रद्धान्जली अर्पण गरे।

उक्त श्रद्दान्जली सभामा उपस्थित सहभागीहरूले १ मिनेट मौनधाराण गरी श्रद्दान्जली अर्पण गरेका थिए भने एन आर एन ए फ्रान्सका अध्यक्षले फुलको गुच्छा चढाउंदै श्रद्धान्जली व्यक्त गर्नु हुंदै शोकसन्तब्द परिवारजन प्रति समावेदना ब्याक्त गर्दै स्वर्गीय प्रदिप राना मगरको पार्थीक शरिर नेपाल पठाउन आवश्यक आर्थिक सहयोग गर्न अपिल गर्नुका साथै सम्पूर्ण सहयोगी संघ-संस्था तथा माहानुभावहरूमा मृतकको परिवार र एन आर एन ए फ्रान्सको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

एन आर एन ए फ्रान्सका सचिब प्रविन सापकोटाको पहलबाट फ्रान्सेली एक संस्थाबाट पनि आर्थिक सहयोग भएको (लाग्ने खर्चमा लगभग ४०%) जानकारी भएको छ र सोही संस्थाले शबलाई नेपाल सम्म पुराउन सबै कागजी र प्रशासनिक कार्यहरुमा पनि सहयोग गर्ने भएको छ।

प्रदिप राना मगरको शब ५ डिसेम्बर मंगलवार बिहान ०७:४० मा पेरिस को CDG बिमानइस्थल बाट नेपाल पठाइने भएको छ। उहाँको शब ६ डिसेम्बर बुधवारका दिन ११:२५ मा काठमान्डौको बिमानइस्थल आईपुग्ने छ।

प्रतिक्रिया