डिसी क्षेत्रमा भूकम्प को आवाज र धक्का

इनेप्लिज २०७४ मंसिर १५ गते २:०५ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा आज नोभेम्बर ३० तारिख बिहिबार साँझ भूकम्प गएको महसुस गरिएको छ l ४.१ म्याग्नीच्युट को भूकम्पको आवाज सुनिएको र डेलावेयरको डोभर नजिक रहेको बुझिएको छ l अमेरिकन भूगर्भ सर्वेक्षण अनुसार डोभर को ६ माइल पूर्व उत्तर पूर्व केन्द्र बिन्दु रहेको जनाएको छ l

आज साँझ बिहिबार ४ :४५ बजे उक्त भूकम्प को धक्का को महसुस गरिएको छ l हाल सम्म कुनै क्षति तथा दुर्घटना को कुनै जानकारी प्राप्त नभएको डब्लुटि ओपीमा समाचार छ l उक्त भूकम्पको धक्का को महसुस बाल्टिमोर,एन अरुणडेल काउन्टी ,मेरिल्याण्ड ,भर्जिनियाको फेयर फ्याक्स सम्म महसुस गरिएको डब्लुटिओपी लाई खबर गरेको समाचार छ l

विभिन्न पेशाका मानिसले आफुले महसुस गरेको बारेमा डब्लुटिओपी ले उल्लेख गरेको छ l कसैले काम गर्दा गर्दै आफ्नो डेस्क ३ सेकन्ड सम्म हल्लिएको र कसैले पछाडी हात्ती हिडेको जस्ता कुराहरु उल्लेख गरेका छन् l

हाल सम्म प्रहरी र आकस्मिक सेवाका अधिकारीहरुलाई कुनै पनि क्षति, हानी नोक्सानी भएको कुनै खबर प्राप्त नभएको उल्लेख गरेको छ l कोलोराडो भूकम्प सूचना केन्द्रका अधिकारीले मध्य एट लान्टिक क्षेत्रमा महसुस गरिएको र हल्का भूकम्प भएको जनाएका छन् l अहिले सम्म डिसी क्षेत्रमा कुनै पनि क्षति न भएको जानकारी समाचारमा छ l

डिसी क्षेत्रमा हत्तपत्त भूकम्प नआउने भएता पनि सन् २०११ मा ठुलो आवाज र ठुलो धक्काको महसुस गरिएको थियो l जसले गर्दा वाशिंगटन राष्ट्रिय गिर्जाघर तथा वाशिंगटन मोनु मेन्ट (स्मारक )भत्किएको कारण लाखौ डलर मर्मत गर्न खर्च भएको थियो l

प्रतिक्रिया