जुनेलीको एक्लो यात्रा |

इनेप्लिज २०७४ मंसिर १६ गते १६:४८ मा प्रकाशित

दुबईयुएई !

करोडौ यात्रुले यात्रा गर्ने दुबई मेट्रोको यात्रा सहज छैन यंहा मानिसहरु हतार हतार र तंछाड-मछाड गर्दै आफ्नो कामका लागि भागिरहेका देखिन्छन यँहा कसैलाई कसैको वास्ता छैनन कसैले कसैलाई बोलाउने गर्छनत कसैले कसैलाई चिने झैँ गर्छ |नचिनेझैं गरे भनौभने पनि यंहा करोडौ यात्रु भएनीआफु आउने जाने समयमा चिनेका मानिस कमै भेटिन्छन र धेरै मानिस इन्टरनेट खोलेर यात्रा अबधिभर समाजिक संजालमा नै रमिरहेकाच्याट गफगाफमै व्यस्त रहेका हुन्छन अनि कहिले काँही त अफिस टाइम र सार्वजनिक बिदाको दिनमा यति ठुलो भिड लाग्छ हामी हिन्दुहरु तथा बौध्द्द धर्मावलम्बीले मनाउने कुनै पर्व मेला झैँ रंगिचंगी भेषभुषामा सु-सज्जित मानिसहरुको लर्को हुनेगर्छ मानिस कोहि छुट्टी मनाउन आएका बिन्दास भेटिन्थे भने केहि मानिस कार्यालय पुग्न हतार गर्दै भिड छिचोल्दै अघि सर्न निकै संघर्ष गर्दै पनि हुन्थे यस्तो लाग्थ्यो ‘ गोकर्ण मेला ‘ ‘ पशुपतिको बोलबम मेला ‘ ‘ बर्ह्बर्शे गोदावरी मेला ‘ वा तराईको छठ मेला ‘ भनौ वा हिमालको ‘ सोनाम ल्होसार मेला ‘ झैँ भिडभाड युक्त मानिसको उपस्थिति ‘ दुबई मेट्रो‘ मा हुने गर्छ |

आज पनि सार्वजनिक बिदा युएईको एकता दिवस डिसेम्बर २ को अवसरमा DEC ३ तोकिएपछी ‘ सोलिडारि डे ‘ संघारमा मनाउने चलन रहेको छ मलाई त्यो बुर्जुमान मेट्रो स्टेशन को भिडले आकुल-ब्याकुल गरेको थियो जँहा ‘ ग्रिन लाइन ‘ र ‘ रेड लाइन गरेर दुइतर्फी रुपमै करिब चार रेल को जमघट एकैपटक हुने गर्छ जसमा एक रेलमा कम्तिमा एक पटकमा एक हजार यात्रुको मात्र हिसाब राखे नि चार हजार मानिस भेला भएका थिए खचाखच र मानिसको भिड भरिभराऊ नै थियो उक्त भिडबाट बाहिरिंदै ” जुनेली ” म भएतिर आइन म केहि संयमित भएमेरो पाइलाको डेग जुन द्रुतगतिमा थिएअटोमेटिक ब्रेक लाग्यो मेरो गति ६० बाट झरेर २० को गतिमा हिंडेको गाडी जस्तै सुस्त भयो केहि मानिसको आवत-जावत भइरहेपनि मैले हेर्दाहेर्दै उनि लिफ्ट नजिक पुगिसकेकी रहेछिन म अलि छिटो हिंडे र एकै लिफ्टमा हामी बाहिर ( exit ) तिर पुग्यौ म अझ नि हतार मै रहेछुमैले तब महसुस गरे जब बाहिरिने क्रममा ४ नम्बर गेटबाट इमिरेट्स एन बि डी ब्यांक पुग्दै गर्दा को त्यो ओरालो फुटपाथ पुगे मलाई अचम्म संग चेत खुल्यो कि ! म पछी आउने ति जुनेलीले यँहाबाट कसरि ‘ ह्विल-चेयर ‘ मा यात्रा गर्न सक्लिन म सोच्नथाले र एकछिन टक्क अडिए |

आफ्नै सुरमा यात्रारत हजारौको भिडमा एक्ली जुनेली मन गह्रुङ्गो भयो र म उनलाई सहायता गरौ भनि आफु पछी फर्केर उनि छेउ पुग्न खोजेंम नपुग्दै जुनेली लाई सहायता गर्ने अर्को एक नारी हात ‘ ह्विल-चेयर ‘ धेकल्दै मलाई पछी पार्दै अघि बढे म फेरी वाल्ल परेंसोध्न पनि सकिनर भन्न पनि सकिन कि ! सुन्नुस त ! म लिएर जान्छु यो शब्द मेरो रुद्रघन्टी मा आएर अड्कियो अब म पछी थिएँ र अघि बढ्दै गरेका जुनेली र जुनेलीको सहायक जुनेली मेरो अघिल्तिर मैले ति फिलिपिन्सकी झैं देखिने महिलालाई सोध्न खोजेंतपाई त् निकै सहयोगी हुनुहुँदो रहेछसाँची तपाइको नाम के होला तर फेरी सोचें के कारणले पो ति अपरिचित को म परिचय मागौं र फेरी म चुप बसें मैले त्यसबेला सम्म मेरो पाइन्टको खल्तीमा रहेको मोबाइल हातमा झिकिसकेको थिए र थाहा नपाउने गरि पछाडीबाट दुई ओटा तस्विर निकालीहालें मलाई केहिले युएईको फोटोग्राफर उपनाम दिएकाछन साएद ! मेरो केहि नौलो कुरा देख्यो कि क्लिक गरेर राख्ने बानीलाई मन पराइदिएर यो नामदिएका हुन त्यसो त म दैनिक १० भन्दामाथि मोबाइलमा र बिदाको दिनमा DSLR बोकी हिंडे भने दुईचार सय फोटो निकाली हाल्छु जिन्दगीमा कुनै त्यस्तो कुलत लागेन तर फोटो र लेख्ने कुरामा भने नौअठो लत बसेको छ तिनै जुनेली को ‘ व्हिल-चेयर ‘ धकेल्दै जुनेलीलाई अप्ठेरो बाटोमा सहयोगी बनेकी उनलाई तस्विरमा यसरि उतारे |

सहयोगीको साथमा जेब्राक्रस बाट बाटोकाट्दै जुनेली |

जब जुनेलीलाई छोडी उनि साएद ! आफ्नो कार्यालय जानु फिर्ता भइन सहयोगी महिलाको साथले इरानी बैंक नपुग्दैको बस स्टेशनमै रोकिएकी जुनेलीसंग मैले भेट गरें विदेशमा नचिनेको मान्छेसंग बोल्न जो कोहीलाई अप्ठेरो लाग्ने गर्छ तर मैले जुनेलीसंग बोल्न कुनै संकोच मानिन मलाई यस्तो लाग्दैथ्यो यो मेरो उनीसंगको पहिलो भेट होइन हामी पहिले नि भेटेकाचिनेका र बोलेका झैँ आत्मविश्वास पलाएर आयो र सोधें ” कंहा बस्नुहुन्छम सहयोग गरौँ ? ” म अल्फहिदी बस्छु मात्र भनेर उनि मौन भइन मैले उनको मौनतामै हुन्छ भनेझै बुझें र म उनको व्हिल-चेयर लाई अगाडी बढाउन थाले केहि पर आएपछि मैले नै भनेंमेरो बस्ने नि नजिक हो ! तर म तपाईलाई आज पहिलो चोटी देख्दैछु उनि म तिर हेर्दै फेरी चुप बसिन सोचें अपरिचितसंग बोल्न अप्ठेरो लाग्यो होला र अघि बढिरहे |

एकैछिनमा याद गरे र फेरी सोंधे ” आज बिदाको दिन होइन र ! कता गएर आउनु भएको त यो चार बजे ? ” प्रश्न मेरो सकिन नपाउँदै उनि बोलिन | ” आज त बिदा थिएन तर भोलि र पर्सि शनिवार बिदा छ | ” अनि काम चै कता हो ?  बिजनेस बे भन्ने जबाफ आउन नपाउदै सोधे  त्यति टाढा, ( DAILY UP & DOWN ) दिनकै आउने जाने ?  टाढा होर,  मेट्रोले लगिदिहाल्छ नि भन्ने जबाफ आयो 

यो जवाफले नै म बिश्वस्त भएँ उनमा कति धेरै आत्मविश्वास रहेछ र आफ्नो खुट्टा नचलेपनि हात र सरिरको सहाराले दैनिक दुइ तिन घन्टा यात्रा गर्दा नि नैरसियता सानो झल्को नि उनको मुहारमा थिएनत्यतिबेला म आफूतिर हेर्दै आफैंलाई बेग्लै देख्न थालिसकेथे |

अनि अघिको कुरा जोड्न खोजे ! ” बाटोमा संधै सहयोगी भेटिन्छन र बाटो काट्न अनि अप्ठेरो छिचोल्न गाह्रो हुन्न ? ” यतिखेर उत्तर मैले खोजेजस्तो आएन र म झन्डै आफ्नो प्रश्नको लागि माफी माग्न लागिसकेथे उनको जवाफ थियो |  ” किन र यति धेरै प्रश्न के जानकारी चाहिएको होर तपाई को हो ?

प्रश्नमाथिको प्रतिप्रश्न ले म नै तिन छक्क परें मानिसको गुण अबगुण जे भन्नुसमानिस आफुले अपेक्षाकृत नहुँदा बिचलित हुने गर्छ |तर म झन आफ्नो प्रश्नको जवाफ नजिक पुगेको झैँ आत्मविश्वासी भएँ र जवाफ दिएँ |

” म तपाइको भाईजस्तै हो ! बरु ! मलाइ फेरी भेट्दावा देखेमा भाई भनेर बोलाउनु ल | ” सुन ! तिमि त बाठो र बोलैया रैछौ मेरो बारे किन जान्न चाहन्छौ मलाई सरोकार छैन तिम्रो जवाफ म दिन्छु | ” भनिन |अनि भन्नु न त  यँहा सबै मानिस आफ्नै काम-कुरोमा व्यस्त हुने गर्छन दुबई मेट्रो को त ! कुरा नगरौंसंधैभरी भिडभाड अनि कोलाहलको यात्रा हो मेरो काम एक बहुराष्ट्रिय कम्पनि हो,म त्यंहा प्रशाशनिक सहायिका को पोस्ट‘ मा कार्य गर्छु दैनिक जसो हप्ताको छ दिन कार्यालय जान्छु यो त संयोगमात्र हो ! कहिलेकाँही केहि मानिसले आफ्नो फुर्सद निकालेर मलाई बाटो काट्न र अप्ठेरोउकालो चढ्न सहयोग गर्छन तर अन्य दिनमा म एक्लै हिड्ने गर्छु | “ गाह्रो हुन्न र ? ”  उनि मुस्कुराईन म पनि फिस्स हाँसे आफुले जान्ने भएदेखि म एक्लै हिड्ने गरेको हुँ | मेरो देश … ( अन्यत्र नबताउने सर्तमा ) हुँदा यति सफा फराकिलो र समथर जमिन नभएकै ठाममा घाम पानीहिलो धुलो नभनी यात्रा गरें यो त ति ठाम हेरी स्वर्ग हुन 

” ए ! काम गरे अनुसार पारिश्रमिक पाउनु भाछ त ? “

” मैले प्रशसनिक फाँटमा काम गर्छु हाहा ,, म त खुशिसाथ भन्छुमेरो तलव ७००० ( नेपाली दुइलाख ) हो अन्य आम्दानी कहिलेकाँही आउने गर्छ र कुरा गर्दै जाँदा उनले आफु एम बि ए ग्रादुयेट महिला र पहिले देशमा शिक्षिका हुँ उक्त कम्पनीको अन्तरवार्ता टोलि संग प्रत्यक्ष रुपमा समावेश भइप्राक्टिकलमौखिक ( ORAL ) परिक्षा नै पास गरि युएई को दुबई आएकी बताइन |उनको सारीरिक दुर्वलता भन्दा मानशिक क्षमता निकै माथि रहेछ जसले उनलाई आत्मविश्वासीनिडरस्वाभिमानी र निर्भिक भएर बाँच्न सक्षम बनाएको छ हामी केहि मानिस देख्छौ जो सारीरिक रुपमा सक्षम देखिए पनि मानसिक रुपमा दुर्बल र पराजित छन,जसले भन्ने गरेका हुन्छन ‘ भाग्य नै छैन के प्रयास गर्नु जति खेरै भने जस्तो केहि हुन्न र ति प्रयास गर्न छोडीदिन्छन तर जब म जुनेली‘ संग नजिकिए र यति संघर्षको कहानी छोटो समयमै जान्न पाए म त अघिको म नै रहिन उनीले ” मेरो बस्ने यतै हो अब म जान सक्छु | ” भनिन |

” टेक केयर ! सिस्टर | BYE !  यु टू टेक केयर, गड ब्लेस यु भन्दै मुसुक्क हाँसेर जुनेली विदा भईन |

बिदा मागेसंगै छुटे अलि पर आएठिंग उभिए म मेरो हात हेर्नथालेखुट्टा हेरेंकान छामेनाकमुख आँखा सुम्सुमाए र चिसो मन गरेर एकछिन टक्क मुर्ति झैँ उभिएँ अघिसम्म म आफैंलाई अभागीपराजित मानसिकता भएको पाउंथे हो ! म पराजित मानसिकताले ग्रस्त थिएँ मसंग सग्ला दुइ हात खुट्टा छनम राम्रोसंग हिड्न डुल्न र दौडन सक्छु म राम्रोसंग सुन्नबोल्न र हेर्न सक्छु म त भग्यमानी पो रहेछु तर अस्ति एकचोटी प्रयास गर्दा आफुले सोचेजस्तो नतिजा आएन भनेर लगभगप्रत्यक्ष चिनेका,सामाजिक संजालबाट जोडिएका सबै सबैलाई गुनासो तथा आफ्नो पराजित सोच अनि बिचलित म बारे भन्न भ्याएको थिएँ एकचोटी को प्रयास लाइ नै ठुलो मेहनत झैँ मानेरत्यत्रो मेहनत गरेंतर केहि हात लागेनफेरी फेल भएँ यसरि आफुले आफुलाई नै पराजित घोषणा गरि धेरैलाई दुख बाँडे कतिको लागि म हाँसोको पात्र बने होलाकतिले मेरो मजाक बनाएर अरुलाई नि चुटकिला झैँ हंसाउन भ्याए होला |

तर अब म नयाँ म भएको थिएँ | एकदिनको संघर्षले केहि हुने रैनछ आज मैले जुनेली लाइ भेटेपछी थाहा पाएँ ति दिनकै संघर्ष गर्छिन तर उनले मसंग बोल्दै गर्दा दिएको मिठो मुस्कानकुराकानीको बिचमा खित्का छोडेर आफु हास्ने र अरुलाई नि हँसाउने खालको हर्कत गरेको देख्दा लाग्यो दुख पिडा र संघर्षले नै मानिसलाई मानिस बनाउने गर्छ जसरि फलामले आगोको राप र घनको चाप सबे सहेर तरवार बन्छ कोइलाको पत्थरभित्र जसरि हिरा भेटिन्छ त्यस्तै दैनिक प्रयास बाट नै जिन्दगीमा असली सफलता मिल्ने गर्छ जुनेलीले मलाई आफ्नो कहानी मात्र सुनाइनन उनि ति संघर्षको भुमरीमा फसिरन्ह्दाशारीरिक असक्षमताको भागी बन्दा र दैनिकी चलाउन यात्रा गर्दा भोग्नुपर्ने कष्टबीच पनि ति चम्किलो मुहारमा दाँत टलक्क टल्काएर हाँसो छोडी भन्दैथिन | ” जिन्दगिको परिभाषा बुझ्न चाहन्छौ भने सोध्न छोड ! संघर्ष गरसंघर्ष मै जिन्दगि भेटिन्छ |

यस्ता हजारौ प्रेरणामुलक चिज हामी वरिपरी नै छन तपाई निराश नहुनुससुन्नुसपढ्नुसति कथा जो हाम्रो जीवनमा प्रेरणा बोकेर आइरहनेछन जुनेलीले मलाई अझै प्रयास गर्नेसंघर्षशील जिन्दगि जिउने प्रेरणा दिएर गएकी छन उनलाई लाख लाख धन्यबाद ! संधै यस्तै रहनुसबैलाई जीवन जिउन प्रेरणा दिनु र तिमि जीवनमा सफल हुनु मैले फेरी भेट्दा तिम्रो अझ प्रगति भएको देख्न र सुन्न पाऊ जुनेली तिमि ‘ जून ‘ झैँ चम्केर सबैलाई प्रेरणाको उजेलो छरिरहनु तिमी जँहा छौ र जे छौस्वस्थ रहनुव्यस्त रहनु प्रगतिले शिखर चुम्नु मेरो भगवान संग यही प्राथना छ |

बिदेशी अपांगता भएकी महिलासंगको वास्तविक भेटघाट र सत्यघटना )

प्रल्हाद दाहाल | (प्रेम शर्मा )

यसका लेखक  बिगत ७ बर्षदेखी दूबई युएईमा कार्यरत छन |

प्रतिक्रिया