तपाइलाई दुखको बेलामा साथ कसले देला ?

इनेप्लिज २०७४ मंसिर १६ गते २३:०७ मा प्रकाशित

 

एक्लोपनको महसुस :

के तपाई बिरामी पर्दा एक्लै अस्पताल वा घर कै बेडमा छटपटाई बस्नु परेको छ ? कोहि भेट्न आई दिए पनि हुन्थ्यो , मनको कुरा गर्न पाए पनि हुन्थ्यो , नबोले पनि छेऊमा बसि दिने कोहि भै दिए पनि हुन्थ्यो, हात समातेर बस्ने कोही आई दिए पनि हुन्थ्यो भन्ने लागेको थियो । त्यस समयमा आफन्त, साथीभाई वा छरछिमेक लाई औला भाची भाची संझनु भएको थियो ! जब दुख पर्छ, मानिस चिनिन्छ भन्छन र बास्तब मै मानिस चिन्ने अवसर पनि यहि नै हो ।

बिबाह वाँ पार्टीमा निम्ताको कार्ड लेख्न बस्यो भने हातै दुख्ने गरि लेख्दा पनि कहि कतै कोही आफ्ना मान्छे छुट्टी हाल्ला कि भन्ने पिरलो हुन्छ । लाग्छ, आहा मेरा मान्छे त धेरै पो रहेछन र आफु ठुलै मान्छे भएको अनुभुत र भित्र भित्र घमण्ड पनि हुन्छ । बधाई र शुभकामना दिने हरूको ओइरो नै लाग्छ । जब दुख पर्छ तब थाहा हुन्छ कति रहेछनत, बास्तब मै आफ्ना मान्छेहरू। दुख पर्दा कार्ड पठाउने चलन पनि त छैन हाम्रो समाज । दुख बाड्नु हुदैन, सुनाउनु समेत हुदैन भन्छन । फेरि मलाई दुख पर्यो भनि झ्याली पिट्ने कुरा पनि त भएन ।

उहि तेहि मानिस थाहा पाएर पनि नपाए जस्तो बाटो काटेर हिड्छ । पार्टी खान गोठै बाधेर , कामै छाडेर आएको मानिस आज उसलाई भेट्न सम्म आउन फुर्सद भएन रे । गाऊँ भरिको कुरा थाहा पाउने उसले थाहै नपाएन भनेर नाटक गरेर हिड्छन । कसैको मृत्यु भयो भने फेसबुक मा श्रद्धांजलि, RIP , बैकुन्ठ बास होस, परिवारलाई धैर्य धारणा गर्ने शक्ती मिलोस भन्नेहरूको ओइरो नै लाग्छ । तर यो दुखमा मैले कसरी साथ दिनसक्छु वा के सहयोग गर्न सक्छु भनेर प्रत्यक्ष्य भेटेर वा फोन मै भए पनि हामी कतिले मनैबाट भन्यौ होला ? आफ्नै छातीमा हात राखेर सोचौ त !

कतिले त दुखको खवर सुनेर, देखेर पनि ए हो र भनि लामो लर्को धसारौ पनि होला ।

अस्पतालमा वा दुखमा छटपटाई रहेको मानिसलाई फेसबुकमा लेखिएका शब्दहरूले कति मलम पट्टी लगाउन सक्ला ? फ़ोनमा कहिले भयो ? के भयों ? कसरी भयों ? किन भयों ? भन्ने सम्मका प्रस्नहरूले ओइरोले कत्तीको सहयोग गर्न सक्ला ?

भेट्न आई हाले पनि एक हुल जम्मा भै अस्पताल वा घरको कोठा नै भरिने गरि आउने वा एकै समयमा शान्त बाताबरण नै खलवलिने गरि आउने वा आफ्नो फ़ुर्सत र बिदाको समय पारि आउने र बिरामी लाई झिझो लाग्ने गरि बोलेर बस्ने र चिया नास्ता खुवाउनु वा सेवा सत्कार गर्नु पर्ने अवस्था पनि हामीले सुनेका र भोगेका छौ ।

बिरामी लाई सहयोग र सान्त्वना दिनुको सट्टा म नै जान्ने सुन्ने र बुझ्ने छु भनि बिरामीलाई डराउन दिने वा नकारात्मक खालका कुरा गरिदिने । गाऊँ भरिका गफ चुटेर दिनभर बस्नेहरू पनि हानीले देखेका छौ !

भन्नु होला मलाई के को पिर म त अमुक पार्टीको सक्रिय कार्यकर्ता वा संस्थाको सदस्य वा अन्तराष्ट्रीय संस्थाको सदस्य वा … साथी भ्रममा नपर्नु होला कुनै नेता वा संस्थाले समबेदना वा सुस्वास्थ्यको कामना बाहेक कलैलाई केहि सहयोग गरेको मैले देखेको वा सुनेको छैन ।

फेरि भन्नु होला मेरो त मेडिकल र जिवन बिमा छ वा मेरो बैकमा टन्न पैसा छ वा मलाई 911 कल भए पुग्छ । तर जुन दिन तपाई दीर्घकालीन रोगले ग्रसित हुनुहुन्छ र लामों समय अस्पताल वा घरमा एक्लै बस्नु पर्ने दिन आउछ त्यस बेला तपाई संगको पैसाले तपाईलाई साथ दिने छैन । किनकी तपाई जीवन भर आफन्त, साथीभाई, छरछिमेक छाडी वा मारि पैसा कै पछाड़ी भागेको उनिहरूले पनि भुलेका छैनन । पैसाले आफन्त, साथी र छिमेकी किन्न सक्नु हुदैन ।

न त तपाईको पैसाले असल साथी वा छिमेकी नै किन्न सक्नु हुन्छ। न त पैसाले किनेको निजी सुसारे बाट चोखो माया नै पाउनु हुनेछ । हरेक पल हरेक क्षण एउटा असल साथीको लागि बेडमा छटपटाएको दिन बल्ल अनुभूत गर्नु हुनेछ।

के तपाई र तपाईको माया पैसामा बिकाऊ छ ? तपाईले साथीलाई दिएको माया कुनै मूल्य छ ?

अझै दिर्घकालिन रोग, क्यान्सर, मुटु , किड्नी फेल,प्यारालाइसिस , अपाड्गता जस्ता रोग लाग्यो भने पैसाको घमन्ड पनि चकनाचुर नै भै हाल्छ ।इन्सुरेन्स हुनेहरूले पनि अपबाद राम्ररी पढ्नु होला । जब ठुलो रोग लाग्छ वाँ धेरै पैसा ख़र्च हुने अबस्थामा मेडिकल इन्सुरेन्स ले पनि कभर गर्न छोड्छ । जिवन बिमामा पनि यस्तै धेरै अपवाद हरू छन बेलेमै राम्ररी बुझ्नु होला ।

यसो भन्दै गर्दा इन्सुरेन्स आवस्यक छैन वा पैसा आवस्यक छैन भन्न खोजेको पटक्कै हैन, खाली पैसा संगै मानविय सहयोग र सद्भाव पनि उत्तिकै महत्वपूर्ण छ !

आवस्यकता गुठीको :

मैले बुझेको तपाई संसारको जुनसुकै कुनामा भए पनि एकै ठाऊमा वा वरिपरी बस्नेहरू एक भएर दुखसुखमा साथ दिने समुह बनाउनु नै सबै भन्दा उत्तम बिकल्प हो । समुहको सल्लाह, गक्षता र आवस्यकता अनुसार हरेक समुहले आ-आफ्नो नियम बनाएर एक आपसमा साथ दिन सक्छन र कोष खड़ा गर्न सकिन्छ । यो संभव छ र हाम्रो गाऊघर बाट प्रमाणित भएको कुरा हो । यसो गर्दा गुठीमा संलग्न साथीहरू सल्लाह गरि आलोपालो मिलाएर भेट्न र आर्थिक सहयोग समेत पुर्याउन सकिन्छ ।

मानविय र आर्थीक दुवैको सुरक्षा हुने यो नै राम्रो बिकल्प देख्छु ।

जातिय, क्षेत्रिय,राजनैतिक र अन्य संघ संस्था हरूले दुखको बेलामा केहि गर्लान भनेर आस गर्नु बेकार छ । तर तपाईको मृत्यु पछि श्रद्धांजलि दिन भने पक्का आउनेछन ।

प्रतिक्रिया