काँग्रेसलाई साथमा लिएर अगाडि बढ्छौं : नेता नेपाल

इनेप्लिज २०७४ मंसिर १७ गते १५:११ मा प्रकाशित

काठमाडौँ, १७  मंसिर : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई सम्पन्न राष्ट्र बनाउन यसपटक जनताले राजनीतिभन्दा माथि उठेर वाम गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त वाम गठबन्धनले काठमाडौँ महानगरपालिका–९ मा आज आयोजना गरेको चुनावी सभामा उहाँले विगतमा जनतालाई अधिकार दिलाउन भएका राजनीतिक आन्दोलनहरुमा वाम शक्तिले ठूलो त्याग र संघर्ष गरेको बताउनुभयो ।

वैचारिक दृष्टिकोण नजिक रहेका विभिन्न वाम शक्तिबीच भएको गठबन्धनबाट नेपाली काँग्रेस अत्तालिएको बताउँदै उहाँले भन्नुभयो, “वाम गठबन्धन राष्ट्र निर्माणका लागि भएको हो । हामी काँग्रेसलाई साथमा लिएर अगाडि बढ्छांै । काँग्रेस कति पनि आत्तिनुपर्दैन ।”

नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य प्रकाश गौतमले देशमा औद्योगिक विकासको माध्यमबाट मुलुकको मुहार फेर्न वाम गठबन्धन लागिपर्ने बताउनुभयो ।

प्रतिक्रिया