अमेरिकाको कोलोराडो निबासी गितकार मणिराज बस्नेतको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको स्कुल अरुणदोय उच्च माबिमा साईबर अपराध र सुरक्षा सम्बन्धी स्कुल ब्यापी प्रशिक्षण सुरु

इनेप्लिज २०७४ मंसिर १७ गते १६:४७ मा प्रकाशित

वशिङ्गटन डिसी, डिसेम्बर ०२, २०१७ – अमेरिकाको कोलोराडो निबासी गितकार मणिराज बस्नेतको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको स्कुल अरुणदोय उच्च माबि फर्पिङ्गमा साईबर अपराध र सुरक्षा सम्बन्धी स्कुल ब्यापी प्रशिक्षण सुरु भएको छ । करिब ५०० बिद्यार्थीहरुलाई लक्षित गरिने उक्त कार्यक्रम केहि दिनसम्म चल्ने छ।

बिगत १० बर्ष देखि अमेरिकाको डेनभर कोलोराडो राज्यमा गितकार मणिराज बस्नेत परिवारको साथ बस्दै आउनु भएको छ । साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा “आऔं, आँफु र आफ्नो गाउँलाई शिक्षित र सुरक्षित बनाऔं” भन्ने नाराका साथ अमेरिका र नेपालको बिभिन्न जिल्लाहरुमा स्थित स्कुलहरुमा पनि बिगत केहि बर्ष देखि साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षणहरु संञ्चालन हुँदै आईरहेको छ ।

कोलोराडोमा प्रस्तुतगरेको यस कार्यक्रमबाट प्रभाबित भई गीतकार बस्नेतले आफ्नै प्रायास र प्रायोजकमा साईबर सेक्युरिटी ईन्टरन्यासलद्वारा ८ देखि १२ सम्मका बिद्यार्थीहरुलाई कार्यक्रबाट प्रतक्ष्य लाभ पुग्ने उदेश्यले संञ्चालन गर्नको लागि सहयोग प्रदान गर्नु भएको हो ।

प्रायोजक बस्नेत गितकार पनि हुनुहुन्छ। बस्नेतले रचेको गीतहरु नेपालका राष्ट्रिय कलाकारहरु जस्तै : स्वरुपराज आचार्य, आनन्द कार्की, रामकृष्ण ढकाल, कर्ण दास, जगदीश समाल जस्ता थुप्रै अन्य चर्चित गायककारहरुले गाउनु भएको छ भने गीतमा राष्ट्रिय स्तरका नायक नायिकाहरुले पनि अभिनय गर्नु भएको छ । वाहाँको थुप्रै गीतहरु युटुबमा पनि प्रकासित भएको छ । युटुबमा गएर मनि बस्नेत टाईप गरेर सर्च गर्न सक्नु हुने छ ।

धेरै चरणमा गरिने साईबर अपराध र सुरक्षाको कार्यक्रमको पहिलो दिनमा २ चरणमा कार्यक्रम राखिएको थियो । बिद्यार्थीहरु र शिक्षकहरु गरि करिब १५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा गीतकार मणिराज बस्नेतले अमेरिकाको कोलोराडो राज्यबाट बिद्यार्थीहरुलाई पठाउनु भएको शुभकामना संन्देशबाट सुरु गरिएको थियो । सन्देशमा बस्नेतले अहिले इन्टरनेट, फोन, सामाजिक संञ्जालबाट नयाँ पिंडीहरु जानी नजानी प्रयोग गरेको कारण नकरात्मक प्रभाब पर्नुका साथै त्यसको सिकार भएको र तालिम पछि सहभागि बिद्यार्थीहरु प्रभाबित हुने कुरा बताउनु भएको थियो ।

साईबर सेक्युरिटी ईन्टन्यासनलको तर्फबाट साईबर सेक्युरिटी प्रशिक्षक समिर अर्यालले साईबर अपराध कसरी घटछ र रोकथामका बिषयहरुमा प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने मनिशा रानाभाटद्वारा सहभागिहरुको नाम, फोटो, भिडियो पनि संकलन गरिएको थियो ।

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन ।

सहभागीका नामावली यस प्रकार छन् :

Participants

प्रतिक्रिया