पुराना दलहरुको बाउन्सरमा रवीन्द्र मिश्रको छक्का

इनेप्लिज २०७४ मंसिर १८ गते १:४६ मा प्रकाशित

सुनिल मणी दाहाल ,आफ्नो पत्रकारीताको पेशा त्यागेर साझा पार्टी मार्फत राजनितीमा उदाएका पूर्व पत्रकार रवीन्द्र मिश्र हाल आफ्नो दल सँग मिल्दो बिचार भएको विबेकशिल पार्टीसँग हातेमालो गर्दै विबेकशिल साझा पार्टीका संयोजकका रुपमा सकृय छन । उनले एक महिना देखी काठमान्डौ १ मा आफ्नो सकृयता बढाए संगै नेपालको राजनिती तरंगित भएको छ । काठमान्डौ १ एउटा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो जहाँ आगामी प्रतीनिधी सभा सदस्य निर्वाचनका लागी बिबेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रत्यक्ष तर्फ आफ्नो उम्मेदवारी घोषणा गरे । धेरैले आ-आफ्ना तर्क दिए । कसैले भने, त्यस्तो हुँदा खादाको राम्रो जागिर छाडेर फोहोरमा किन हाम्फालेको होला? कसैले भने काग्रेसको अखडामा हार्नका लागी किन उम्मेदवार दिनु परेको होला, आदी । तर रवीन्द्र मिश्र आफ्नो सालीन ब्यक्तित्व र भिजन सहित तराजु लिएर गाउ टोलको भेटघाटमा खटिएका छन, आफ्ना योजना र उदेश्यमा स्थानिय बासिन्दाहरुसँग दिनहु जसो अन्तरकृया गर्दै छन । आफुलाई सम्मान र शुभकामना सहित लगाईदिएको मालालाई ईज्जत गरी स्थानिय बासिन्दालाई नै सम्मान गर्दै आपसमा सदभाव, सहयोग र इज्जत गर्नु पर्दछ भन्ने सन्देश बाडदै छन रवीन्द्र मिश्र ।

नेपाल बनाउने सपनाका साथ जोस्, जागर र उमङ्गले भरी भराउ यूवाहरुलाई अगाडी लगाउदै काठमान्डौ -१ का टोलहरुमा परिचय, भेटघाट र तथ्यांक संकलनमा ब्यस्त देखिन्छ्न रवीन्द्र मिश्र। उनको कथन छ – पुराना नेताहरुले अधिकारको लडाई लडे तर आफ्नो आचरण बदल्न सकेनन जसका कारण देश र जनताले दुर्गती भोग्नु पर्‍यो । उनी र उनको दल बिवेकशिल साझा पार्टीसँग नेपाल बनाउने स्पष्ट खाका र त्यसका आधारहरु छन । त्यसैले उनलाई सहयोग गर्न देश बिदेशमा यूवाहरुको ठुलो सहयोगी र सदभाव समूहहरु स्थापना भएका छन ।

रवीन्द्र मिश्र नेपाली पृश्ठभूमीको राजनितीका नयाँ खेलाडी भएता पनि बिश्व राजनितिका ज्ञाता पनि हुन । तथापी उनी भिन्दै मुद्दा लिएर निर्वाचनमा होमिएका छन। उनले उठाएका मूद्दाहरुले समाजका समसामायीक यथार्थतालाई प्रतीनिधित्व गर्दछ । यो देश जसरी पनि हाम्रै जीवनकालमा बनाउछौं भन्दै मैदानमा आएका रवीन्द्र मिश्र भन्छन-  ” हामी यो देशको नेतृत्व गर्नै आएका हौ । सुसस्कृत राजनितिक ब्यवस्थाको स्थापना गर्दै नेपाल र नेपालीको सम्बृद्दिकालागी नेपालमा अबको आन्दोलन हुनु पर्दछ। हामी यो देशलाई कल्याणकारी राज्यमा रुपान्तरण गर्न चाहान्छौ जहाँ सम्पनहरुले ठुला दिलले पखेटा फिजाएर सम्पनाताका लागी अगाडी बढन सकुन र जहाँ कसैले साथ दिन नसक्ने बिपन्नहरुलाई राज्यले हेरी देओस र उनीहरुको अवस्था नाजुक नहोस। परिवर्तन गरेरै छोडने हो, परिवर्तन हेरेरै मर्ने हो”।

परिवर्तन हाम्रै जीवनकालमाकिन कसरी?

हाम्रो समाज र त्यस भित्र मौलाएको सस्कार नै यती दुषित भएको छ की घुस, भ्रष्टचार, अनैतिक आय आर्जनलाई निरुत्साहित गर्नु भन्दा त्यसलाई बढावा दिन्छ । यस प्रकारको कमाईबाट ठड्याईएका महल तथा अप्रत्यासित रुपले परिवर्तन भएको रहन सहनलाई फलानोले क्या प्रगती गरेछ भनेर ज्यु ज्यु गर्ने पनि हाम्रै समाज हो।

लामो समय सम्म यस मूलुकको प्रमूख राजनिती हाकेका नेता र तीनका वरिपरी बस्नेहरुको जिवनशैलीमा आएको अप्रत्याशित परिवर्तन नै भष्ट्रचारको हेर्न लायक नमूना मान्न सकिन्छ। भ्रष्टाचारले मानिस, परिवार, समाज, देश र राष्ट्रलाई नकारात्मक असर पारेको हुन्छ । यसैको नकारात्मक प्रभावले नेपालका सत्ताधारी र यस मूलुकका श्रमजिवी जनता बिच आज ठुलो खाडल देखिन्छ । त्यस्तै, यस मूलुकको बागडोर सम्हालेका राजनितिक ब्यक्तीहरु दिन प्रतिदिन मोटाउदै जानु , चर्को बेरोजगारीका कारण उर्जाशिल यूवाहरु श्रमकालागी बिदेशिन बाध्य हुनु र राष्ट्र खोक्रो हुँदै जानुको अर्थ यो मूलुकका जनतालाई थाम्नै नसक्ने गरी बिदेशी ऋणको भारी बोक्नु परेको र देश गरिवीको चपेटामा फसेको हो भन्न सक्ने आधार भेटिन्छ ।

त्यसैले देशमा मौलाएको दुषित राजनितीलाई सफा गरी सम्बृद्द नेपाल बनाउने हुटहुटीले असल नागरिक, राष्ट्रवादी व्यक्तिहरू एक ढिक्का भएर नेपाल बनाउने अभियानमा लाग्नुलाई सुखद सचेतनाको बिकास मान्नु पर्दछ ।

रोजगारीको सृजना तर्फ:

देशमा रोजगारी छैन, घर परिवार धान्ने कुनै आधार छैन । उर्जाशिल यूवाहरु खाडी लगायतका मूलुकहरुमा श्रम गर्न बाध्य भएका छन । यस्तो समाजको निर्माण गरीदै छ की पेट पाल्नका लागी कि त नेताहरुको शरण पर्नु पर्दछ की अनैतिक काममा सङ्लग्न हुनु पर्दछ। तर, नेपाली यूवाहरुले त्यस्तो बिसँगतीलाई चुनौती दिदै ईमान्दारीताको परिचय दिएका छन, खाडी लगायत अन्य मूलुकमा गएर श्रम गरेर देशलाई पालेका छन। तर , यी यूवाहरुको शरिर बाहिर भएता पनि मन र मस्तिष्क सदा आफ्नै देशमा टिकेको छ । कहिले देशले रोजगारी सृजना गर्ला र आफ्नै मात्रुभुमीको सेवा गरी बाकी जिवन बिताउन पाईएला भनेर दिन गन्दै बसेका यी यूवाहरुको भावनालाई राजनितिक दलहरु तथा निती निर्माताहरुले बुझ्न सक्नु पर्दछ र देश भित्रै ब्यापक रोजगारी सृजना गरी खाडीमा श्रम बेच्न बाध्य भएका यूवाहरुलाई मात्रुभुमीको सेवा गर्ने अवसर प्रदान गर्नु पर्दछ ।

भ्रष्टाचार नियन्त्रण तर्फ:

भ्रष्टाचारलाई हामी कुनै अमूक ब्यक्तीले अनैतिक रुपमा कमाएको पैसा, नियती र आचारणसँग मात्र जोडेर हेर्दछौ । तर, यसलाई गहिराईमा गएर बिश्लेषण गर्ने हो भने भ्रष्टाचारको ठाडो असर मूलुकको बिकासक्रममा परेको हुन्छ । त्यसैले त आज नेपाली जनताको टाउकोमा बिदेशी ॠणको ठुलो भारी छ।  भ्रष्टाचार समाजको र देशको शत्रु हो। भ्रष्टाचार भनेको महा अपराध हो । यसलाई तत्काल नियन्त्रण गर्न सकिएन भने हामीले हाम्रो जिवनकालमा नेपालको बिकास भोग्न पाउने छैनउ । हामीले विश्व सामुन्ने नेपाली भनेर गर्व गर्ने हाम्रो बाटो बन्द हुनेछ । हाम्रा सन्ततीले हामीलाई धिक्कार्ने छन । त्यसैले मात्रुभुमी भित्रै रहेका तथा विश्व भरी छरिएका असल नागरिक, राष्ट्रवादी व्यक्तिहरू एक ढिक्का भएर यसका विरुद्ध लाग्दै नेपाल बनाउन अब बाटो खुलेको छ। भ्रष्टाचारलाई जिरो टोलोरेन्स अन्तर्गत राखी प्रतेक तप्काका नागरिकहरुको आचारण मै परिवर्तन गरी देश र जनताप्रतीको माया मोह र उनिहरुमा ईमान्दारीताको भावनाको बिकास गरीनु पर्दछ । यसका लागी सर्वप्रथम राजनितिक ब्यक्तीहरु र निती निर्माताहरुले आफ्नो आचारण परिवर्तन गरेर जनताको मन जित्न सक्नु पर्दछ ।

राजनितिक हस्तक्षेप भात्रु सँगठन तर्फ:

अड्डा अदालत, शान्ती शुरक्षा देखी स्वास्थ सेवामा समेत राजनितिक हस्तक्षेपका कारण प्यारालाईज बनाईएका छन । अर्का तर्फ जनतालाई प्रतक्ष सेवा प्रदान गर्नु पर्ने निजामती सेवा, र कर्णशिल विद्यार्थी उत्पादन गर्ने शिक्षा क्षेत्र र स्वास्थ सेवाका क्षेत्रमा समेत आ-आफ्ना दलका भात्रु सँगठन चलाईएका छन । यस्ता बिनासकारी प्रमाणित भएका दलका भात्रु सँगठनहरुलाई सदाका लागी बन्द गरीनु पर्दछ ।

नागरीकको कर्तब्य:

अपराधको कुनै जात, धर्म, देश, भाषा हुदैन । यदी आफ्नो गाउ ठाउमा बिकासका लागी कुनै कार्यक्रम सन्चालन हुँदैछ भने सहयोग गर्नु पर्दछ, अनुगमन गर्ने बानी बसाउनु पर्दछ तर सेवाग्राहीलाई ढिला सुस्ती हुँदैछ वा कुनै अवरोध हुँदैछ , भष्ट्रचार हुँदैछ भने त्यस्का बिरुद्द शान्तीपूर्ण रुपले प्रतिकार गर्न सक्नु पर्दछ, साथी भाई र मिडियालाई सुचित गर्नु पर्दछ ।  आफ्नो  गाउ ठाउ वा शहरमा बिकासका बजेट आउछन । कार्यालय, स्कुल , अस्पताल लगायतका सेवा मूलक निकायहरुलाई सहयोग गर्ने , ढिला सुस्ती र भष्ट्रचाचारमा सचेत हुँदै आफ्ना वरिपरीको समाजलाई पनि सचेत बनाउनु आवस्यक छ । त्यस्तै, गाउ ठाउमा  बाटो घाटो , धारा , बिजुली ,भवन आदीका लागी बजेट बिनियोजन भएकोमा सचेत हुँदै , कामको अनुगमन गर्ने र आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बानी बसाउनु पर्दछ । तर, बिसँगती र बिकृतीका बिरुद्द गाउ ठाउमा सबैलाई सचेत गराउनु सबै नागरिकको कर्तब्य हुने कुरा हेक्का राख्नु पर्दछ । यही नै देश बिकासका लागी एउटा सचेत नागरीकको कर्तब्य हो ।

देश बिकासका लागी यूवाहरुको सहभागिता:

हाम्रो जीवनकालको सबै भन्दा जोस्, जागर र उमङ्गले भरी भराउ उमेर नै यूवा अवस्था हो। भबिस्यको गोरेटो कोर्ने स्वर्णीम अवसर भएको उमेर पनी युवा अवस्था नै हो। यस अवस्थामा उज्वल सपनाका लागी अत्याधिक आत्म बिस्वास्, अदम्य साहस, सृजनसिल्, गतिशिलता र सकृयता हुने कारणले पनि युवा अवस्था अत्यन्तै सम्बेदनशिल मानिन्छ। युवाहरु समाजको बिकासक्रमका लागी बर्तमानका साझेदार शक्ती मानिन्छन र भबिस्यका कर्णधार पनि! कुनै पनि मुलुकको सामाजिक, आर्थीक, राजनितिक, सास्कृतिक परिवर्तनका लागी युवाहरुको साझेदारीलाई महत्वपुर्ण मानिन्छ। यसै प्रयोजनका लागी असल नागरिक, राष्ट्रवादी व्यक्तिहरू एक ढिक्का भएर नेपाल बनाउने अभियानमा लाग्नु पर्दछ ।

रवीन्द्र मिश्रको उदय मदन भन्डारीको झझल्को

इतिहास कोट्याउदा बहुदलको आगमन संगै भएको निर्वाचनमा काठमान्डौ -१ को चुनावमा नेपाली कॉग्रेसका संस्थापक अध्यक्ष तथा अन्तरिम प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईसंग प्रतिस्पर्धामा उत्रिएका थिए तत्कालिन मालेका महॉ सचिव मदन भन्डारी।कॉग्रेसको किल्ला मानिएको काठमान्डौ-१ मा अन्तरिम प्रधानमन्त्री रहेका किसुनजीको शर्मानक हार भयो। किशुनजीको अप्रत्याशित शर्मानक हार पस्चात एकाएक नयाँ बानेश्वर क्षेत्र दिउसै अध्यारो बन्यो , धेरै दिन सम्म लक्ष्मी दिदी को पसल बन्द भयो । किशुनजीको समर्थनमा प्रतेक घरका छतमा ठड्याईएका चार तारे झन्डाहरु अचानक हराए ।

अत्यन्त लोकप्रियताका वावजुद किन हारे किशुनजीले? सर्वत्र चासोको विषय वन्यो। वास्तवमा किशुनजीलाई उनकै पार्टि नेपाली कॉग्रेस र त्यसका कार्यकर्ताहरुको उग्र दम्व,  कमजोर रणनिती र पार्टी भित्र कै अन्तर्घातले नै हराएका थिए भन्दा गलत नहोला। नयॉ वानेश्वर स्थित लक्ष्मी दिदीको पसलमा रमाएका कॉग्रेसहरू किशुनजीले जित्नेमा ढुक्क हुँदै गफ छाटेर दिन बिताएका थिए। अर्का तर्फ लामो समय भुमिगत भएका र प्रत्यक्ष रुपमा काठमान्डौका जनताले नचिनेका, तर साङठनिक कौसलता भएको तत्कालिन मालेका महा सचिव मदन भन्डारीले राता रात क्षेत्र नम्वर -१ लाई पुरा कब्जा गर्न सफल भएका थिए। मदन भन्डारीले काठमान्डौ १ मा उत्साहजननक रूपले वाजी मारे। प्रखर वक्ता, सॉंगठनिक र नेत्रुत्वदायी कौशलताका धनी, राजनितिका चतुर खेलाडी र जनताको वहुदलिय जनवादका आविष्कारक, मालेका तत्कालिन महॉसचिव मदन भन्डारीले काठमान्डौ क्षेत्र नं १ मा एतिहासिक जित हासिल गरेका थिए। धेरै दिन सम्म कॉग्रेस अन्डरग्राउन्ड हुन वाध्य भयो जव मदन भन्डारीले कॉग्रेसको किल्ला भत्काए। त्यसताका मदन भन्डारीले ब्यापक रुपमा कलेज र स्कुलका विद्यार्थीहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा रातको समयमा परिचालन गरेका थिए र आफु पनि टोल टोलमा भेटघाट र तथ्यांक संकलनमा सामेल भएका थिए ।

ठिक यसै गरी पूर्व पत्रकार तथा बिवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्र काठमान्डौको क्षेत्र न १ मा उदाएका छन। काठमान्डौको क्षेत्र न १ का धेरै बासिन्दाहरुले रवीन्द्र मिश्रमा मदन भन्डारीको झझल्को आएको समेत भन्न थालेका छन ।

वर्तमान राजनैतिक,सामाजिक ,आर्थिक र नैतिकरूपमा फैलिएको फोहोरलाई सफा गरी नेपाल र नेपाली जनताको उन्नत विकास गर्न रविन्द्र मिश्रले काठमान्डौ-१ का लागी दिएको उम्मेदवारीले काठमान्डौ मात्र नभएर सिंड्गो नेपाललाई तरंगित बनाउदै आफ्नो दलको उम्मेदवार भएका निर्वाचन क्षेत्रलाई तराजुमय बनाउन सफल भएको देखिएको छ।  तराजु त्यसै तराजु भएको होईन, नेपालका प्रबुद्ध दलले बितृष्णा जगाएका युबा र नेपाललाई केहि गरौ भन्ने सोच भएका हरुको देश बनाउने अभियानको समुह भएको छ तराजु।

पुराना पार्टी भर्सेस रवीन्द्र मिश्र:

रवीन्द्र मिश्रको चुनावी प्रतिस्पर्धामा नेपाली कॉग्रेसका पूर्व महासचिव प्रकाशमान सिंह छन्। प्रकाशमान सिंह सर्वमान्य नेता तथा लौह पुरुष गणेशमान सिंहका छोरा हुन। नेपाली कॉग्रेसको राजनैतिक विरासतका प्रतिनिधी उम्मेदवार रहेको तथा कॉग्रेसको किल्ला मानिने काठमान्डौ क्षेत्र १ मा आफ्नो साख र विरासत बचाउन उनी कम्मर कसेर लागेका छन । त्यस्तै एमाले र माओबादीको बाम गठबन्धनबाट माओबादीको कोटा मार्फत विद्यार्थी नेता अनिल शर्मा उम्मेदवार भएका छन । एमाले र माओबादी दुबैको प्रतिष्ठाको बिषय बनेकोले यती बेला काठमान्डौ १ मा पुराना दलहरुको निद्रा खराब भएको छ ।

यस प्रकार एकातर्फ काग्रेसले काठमान्डौ १ को आफ्नो बिर्ता बचाउन पूरा शक्ति लगाउने छ भने अर्का तर्फ बाम गठबन्धनले आफ्नो प्रतिष्ठाको बिषय बनाएर घुसपेठ गराउने सम्भावना त्यत्तिकै छ। दुबै पुराना दलहरुको थिचाई र मिचाईको भार बोक्न तयारी अवस्थामा रहेका रवीन्द्र मिश्रलाई पुराना दलहरुले काठमान्डौ १ को मैदानमा बाउन्सर नफ्याक्लान भन्न सकिदैन। उता बिवेकशिल साझाका रवीन्द्र मिश्रको समर्थनमा काठमान्डौ १ मा आएको जनलहरले पुराना दलहरुले जती बाउन्सर फ्याके पनि  रवीन्द्र मिश्रले छक्का हानी आफ्नो स्थान सुरक्षित गर्न सफल हुने स्थानिय बासिन्दाहरुले अनुमान गर्न थालेका छन। काठमाडौं १ मा रवीन्द्र मिश्रले जित्दा जति खुशीयाली छाउने छ त्यो भन्दा ठूलो खुशीयाली यहाँ पुराना पार्टीले हार्दा आउनेछ। निर्वाचनको परिणाम जे जस्तो होस आफ्नो छोटो समयमा नेपालीहरुको मन भित्र पस्न सक्नु नै  रवीन्द्र मिश्रको बिजय ठहर्ने छ ।

प्रतिक्रिया