चितवनमा निर्वाचन पर्यवेक्षण सम्बन्धि अन्तरक्रिया

इनेप्लिज २०७४ मंसिर १९ गते २३:४७ मा प्रकाशित

शिशिर सिंखडा
चितवन, १९, मंसिर ।
यही मंसिर २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन पर्यवेक्षण गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोग) को आयोजनामा भएको कार्यक्रममा जिल्लाका १७ जना पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

निर्वाचनको क्रममा हुने विभिन्न गतिविधिहरु र घटनाको सन्दर्भमा सत्यतथ्य र निष्पक्ष पर्यवेक्षण गर्न पर्यवेक्षकहरुलाई आग्रह गरिएको थियो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालले निर्वाचनका क्रममा भएका सम्पूर्ण विवरणहरु पर्यवेक्षण गरी पेश गर्न अनुरोध गरेका थिए । सोही कार्यक्रममा पर्यवेक्षण समितिका जिल्ला पर्यवेक्षक अधिवक्ता सुदिप वस्तीले सम्पूर्ण पर्यवेक्षकहरुलाई भयरहीत र निष्पक्ष ढंगले पर्यवेक्षण गरी प्रतिवेदन पेश गर्न अनुरोध गरेका थिए । कार्यक्रममा अधिवक्ता रामकृष्ण अधिकारी, पर्यवेक्षक अनु थापा मगर, बबिता पौडेल, हेमा पौडेल, सञ्जय चौधरी लगायतले पर्यवेक्षणका क्रममा हुन सक्ने समस्या र पर्यवेक्षण गर्ने विषयमा आफ्ना भनाइहरु व्यक्त गरेका थिए ।

प्रतिक्रिया