बेनिशाद्धरा अवार्ड फिर्ता

इनेप्लिज २०७४ मंसिर २० गते ११:५१ मा प्रकाशित

काठमाडौं, २० मंसिर । बिशेष गरी बिदेशमा आयोजना हुने गरेका अवार्डको कार्यक्रममा जसले अवार्ड पाउदैछ , उसैलाई मात्र बोकेर बिदेश हानिन्छन्, आयोजक ।

 

बेनिशा हमालको पनि कथा चै उस्तै थियो । बेनिशा टिम संगै दुबई जानुले पनि बताईसकेको थियो , बेनिशाले कुनै न कुनै बिधामा अवार्ड पाउदैछीन भन्ने कुरो । धेरैका सोचाई पनि मिल्यो होला , तर बेनिशाले जब जुन बिधामा अवार्ड पाईन त्यो बिधाको लायक उनी आफैले पनि ठानीनछीन् ।

पपुलर अभिनेत्री अवार्डमा उनको नाम छानीए पछि बेनिशा स्वयमले नै उक्त अवार्डको लायक आफुलाई ठानीनन् । म कहीले पपुलर भएकी छु र मैले पपुलर अभिनेत्रीको अवार्ड हात थाप्ने उनको प्रश्न आयोजक र जज प्रति नै तेर्सिएको छ ।

पपुलर अभिनेत्री‘अवार्ड जसले पाउनु पर्ने हो उसले पो पाउनु पर्छ त ’वेनिशाले भनिन्, । उसो त वेनिशा उत्कृष्ट म्युजिक भिडियो मोडलको विधामा पनि नोमिनेशनमा परेकी थिइँन । तर यो विधाको अवार्ड नम्रता सापकोटाले पाइन् । ‘मैंले उसलाई बधाई पनि दिएँ ।

तर म चाहिं त्यो विधाको लायक थिइँन ।’ यद्पी आयोजकले आफुलाई फिर्ता गरेको ट्रफी थमाएको उनले बताइन् । ‘मलाई कुनै विधामा अवार्ड नदिएको भएपनि हुन्थ्यो । जुन विधामा दिइयो, त्यो विधामा म आफुलाई अवार्डको भागिदार ठान्दिंन’, उनले भनिन् । सबैलाई खुसी पार्न अवार्ड नै दिनुपर्छ भन्ने मान्यता त्याग्नु पर्ने बताउँदै वेनिशा थप्छिन्, ‘कमसेकम अवार्डको ईज्जत त राखौं । ’

नेपाली रंगिन दुनियामा आयोजना हुदै आएका अवार्डको प्रकृति र दोश्रो म्युजिक भिडियो अवार्डको प्रकृतिलाई हेर्ने हो भने ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्दा फरक नपर्ला ।

प्रतिक्रिया