सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: १८:२१ | Washington DC: 07:36

आफ्नो अभिमत जाहेर गर्न दाहालको आह्वान

चितवन, २० मंसिर  ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण रुपमा भयरहित तवरबाट निर्वाचनमा भाग लिन आम देशवासीलाई आह्वान गर्नुभएको छ ।

चितवनको शिवनगरस्थित आफ्नै निवासमा रहनुभएका उहाँले आज साँझ रासससँग कुराकानी गर्दै यो निर्वाचनमा संयमतापूर्वक आफ्नो अभिमत जाहेर गरेर निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभएको हो । उहाँले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन अपिल पनि गर्नुभयो ।

संविधान कार्यान्वयन गर्दै स्थिर सरकार र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन महत्वपूर्ण भएको भन्दै अध्यक्ष दाहालले उत्साहपूर्वक मतदानमा सहभागी भई निर्वाचनलाई पर्वका रुपमा सम्पन्न गर्न बुबाआमा, दाजुभाई दिदीबहिनी तथा देशवासीहरुमा अपिल गर्नुभयो ।

२०७४ मंसिर २० गते १६:०८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी