कडा सुरक्षाकाबीच मतदान भै रहेको , साँझ ५ बज्ने वित्तिकै मतगणना शुरु गर्ने तयारी (बिभिन्न जिल्लाका तस्बिरहरु सहित )

इनेप्लिज २०७४ मंसिर २१ गते १०:४८ मा प्रकाशित

काठमाडौँ–मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य जारी छ । साँझ ५ बज्ने वित्तिकै पहिलो चरणको मतगणना शुरु गर्ने तयारी गरीएको छ। दोस्रो चरणको निर्वाचन भइरहेको कारण मतपेटीका खोल्ने कार्य निर्वाचन सम्मपन्न भएपछि गरीने छ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिएपछि पहिलो चरणका मत पेटिकाहरु खोल्ने तयारी गरेको हो । दोस्रो चरणको निर्वाचन सकिने वित्तिकै पहिलो चरणको निर्वाचनका मत पेटिकाहरु खुल्ने छन् । साँझ ५ बज्ने वित्तिकै पहिलो चरणको मतगणना शुरु हुनेछ ।

आज भएको निर्वाचनका मतपेटिकाहरु चाहिँ साँझ ढिलो गरि खुल्ने छन् । विर्नाचन सकिएपछिको प्रक्रिया र मत पेटिका संकलनको काम पनि गर्नुपर्ने भएकोले दोस्रो चरणको मत गण्नामा केही घण्टा ढिला हुने छ । तर पहिलाे चरणको निर्वाचनको मतगणना चाहिँ साँझ ५ बज्ने वित्तिकै शुरु हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

केही प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकोले दोस्रो चरणको मतगणना केही घण्टा ढिलो गरी शुरु हुनेछ । आयोगले प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम ४ दिन भित्रमा र समानुपातिक तर्फको ८ दिन भित्रमा आइसक्ने जनाएको छ । आयोगले सम्भव भएसम्म प्रत्यक्ष र समानुपातिक मतगणना एकै पटक गर्ने जनाएको छ ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ |

प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भइरहेको हो । यसैबीच उपत्यकामा पनि विहानैदेखि उत्साहप्रद रुपमा मतदान भइरहेको छ । कडा सुरक्षाकाबीच मतदान भइरहेको हो ।

तस्बिर सौजन्य:देशराज संयोक (डिल्ली बजार काठमाडौँ ) राधिका श्रेष्ठ (हेटौडा ) शंकर थापा (सुनसरी )सुरेश महर्जन (पाटन )दिपक श्रेष्ठ (सिन्धुली ) माया थापा(काठमाडौ ),बुनूँ ढुगेल (बिराटनगर )

प्रतिक्रिया