काठमाडौं । केहि दिन अघि विर अस्पतालमा विरामी भएर बेबारिसे बनेका व्यक्तिले नयाँ जिवन पाए

इनेप्लिज २०७४ मंसिर २१ गते ११:२८ मा प्रकाशित

काठमाडौं । केहि दिन अघि विर अस्पतालमा विरामी भएर बेबारिसे बनेका व्यक्तिले नयाँ जिवन पाएका छन् । मृत्युसंग संघर्ष गरी रहेका ति व्यक्तिको पीडादायी फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी शाक्यले थाहा पाइन । उनको मन मानेन र जसरी पनि उक्त वृद्धलाई उपचार गर्ने प्रण गर्दै नर्भिक अस्पतालबाट एम्बुलेन्स पठाएर उक्त वृद्धको उद्धार गरी उपचार गराईन । अहिले व्यक्तिले नयाँ जीवन पाएका छन् । नयाँ जीवन पाएकोमा ति व्यक्ति जति खुशी छन् त्यो भन्दा बढि खुशी मेघा छिन् । पहिले देखी नै सामाजिक काममा सक्रिय मेघा अरुको पीडामा सहयोगी बन्न पाउँदा खुशी लाग्ने बताउँछिन् ।

नयाँ जीवन पाएका ति व्यक्तिसंग कुरा गर्दा घर पुर्व भनेपनि अन्य आफ्नो कुरा भने बताउन चाहेनन । निर्देशक मेघाका अनुसार अहिले उनको अवस्था सामान्य बन्दै गएको छ । केहि दिन ल्याउन ढिला भएको भए उक्त विरामीको मृत्यु हुने सम्भावना बढि रहेको थियो । उनी पूर्ण निको भएपछि परिवार पत्ता नलागे वृद्धाश्रम राख्ने व्यवस्था गर्ने तर फेरी बेबारिसे अवस्थामा भने नछोड्ने स्पष्ट पारिन । यस घटनाले पनि एउटा व्यक्तिको सानो सहयोगले कसैले नयाँ जीवन पाउन सक्छन् भन्ने बलियो प्रमाण हो । अस्पतालमा अहिले पनि गरिब तथा असाहयको लागि छुट्टै बेडको अवस्था गरेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया