साहित्यकार कविताराम श्रेष्ठको श्रद्धान्जली-शभाका तस्बिरहरु

इनेप्लिज २०७४ मंसिर २३ गते २३:४२ मा प्रकाशित

राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको सेन्टरभिलमा यही डिसेम्बर ९ तारिख शनिबारअमेरिकानेपालसाहित्यप्रतिष्ठांनकोआयोजनामाश्रन्दान्जलीशभाआयोजनागरियोपेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यको लागी नेपाल सरकारका अवैतनिक महाबाणिज्यदुतप्रेमराजा महतको प्रमुख आतिथ्यित्यमा भएको उक्त श्रन्दान्जली शभामा नेपाली भाषा साहित्यमा साहित्यकार स्व.डा. कविताराम श्रेष्ठले गरेका योगदानको बारेमा विभिन्न बक्ताहरुले बोलेका थिए।

कार्यक्रमको शुरुमा ऊपस्थित सबैले डा ० कविताराम श्रेष्ठको फोटोमा माल्यार्पण र एक मिनेट मौनधारण गरेर स्वो० कविताराम श्रेष्ठ प्रति श्रन्दान्जली अर्पण गरिएको थियो। समारोहमा अतिथीको मन्तब्य राख्दै अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले भने – नेपाली साहित्यको एक विधा अस्वीकृत बिचार कविताराम श्रेष्ठले नै शुरु गरेकोकुरा बताए। अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी १९६७ का अध्यक्ष प्रभा देउजा, पुर्ब अध्यक्ष खेम भट्टचन, वोर्ल्ड नेवा अर्गनाईजेसन का अध्यक्ष सिजन श्रेष्ट, नेवा अर्गनाईजेसन अफ अमेरिकाका अध्यक्ष बबिता श्रेष्ठ, एनपिपिए पासापुच का ऊपाध्यक्ष मनोहर श्रेष्ट, अन्तरास्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय ऊपाध्यक्ष प्रकाश नेपाल, अमेरिका भ्रमणमा रहेका नेपाल प्रहरीका एआईजी बिज्ञान राज शर्मा लगायत डिसी यारियाका नेपालीहरु श्रन्दान्जली शभामा ऊपस्थित थिए।

कार्यक्रममा ऊपस्थित हुन नसकेका अन्तरास्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय महासचिबगोबर्धन पूजाले बोस्टन देखी फोनमा बताए – नेपाली साहित्यमा बुद्ध धर्मको साहित्य भित्र्याऊने ब्यक्ती कविताराम श्रेष्ठ हुन्। तिन देखी सात ईन्च सम्म हिमपात परेको खराब मौसमको दिनमा पनी २०० – ३०० किलोमीटर गाडी हाँक्दै ऊपस्थित भएका सबैलाई आयोजक संस्थाका अध्यक्ष गोबिन्द गिरी प्रेरणा ले धन्यबाद दिएका थिए। कार्यक्रम दोबा ढकालले संचालन गरेका थिए।

उक्त कार्येक्रमको प्रतक्ष्य प्रसारण हेर्न यहां क्लिक गर्नुहोस

अमेरिका को डिसी महानगर बाट साहित्यकार कविताराम श्रेष्ठको निधनमा शोक मनाउंन श्रध्दाञ्जली को प्रत्यक्ष प्रसारण :ईनेप्लिज ,विश्व राज थापा

Posted by Enepalese on Saturday, December 9, 2017

प्रतिक्रिया