सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै – गायिका सहिमा श्रेष्ठ

इनेप्लिज २०७४ मंसिर २४ गते ११:५६ मा प्रकाशित

सुर्य चन्द काठमाडौँ : नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका हुन सहिमा श्रेष्ठ, सानै देखि गायनमा रुची राख्ने चर्चित गायिका सहिमा श्रेष्ठ बिगत सात बर्ष देखि बिधिबत रुपमानै ब्यबसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।बिगत सात बर्षको अबधिमा संगीत क्षेत्रमा उनले पछाडी फर्केर हेर्नु परेको छिन लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी छिन । आफ्नो सुमधुर आवाज, मेहनत र परिश्रमले गर्दानै उनले यो सफलता हासिल गर्दै गएकी हुन l अर्घखाची जिल्लाको सन्धिखर्क जन्मथलो भएकी चर्चित गायिका सहिमा श्रेष्ठ काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा उदाएको नाम हो l

विभिन्न चर्चित गीतहरु गाउँदै चर्चाको शिखरमा चढ्दै गरेकी गायिका ‘सहिमा श्रेष्ठ’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सहिमा पछिल्लो समय चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामा छिन् ।

करिब सात बर्ष देखि सांगीतिक क्षेत्रमा सक्रिय सहिमाले लगभग दुइ सय पचास गीत गाइसकेकी छन् । छोटो समयमा नै आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न सफल तथा हिट गितहरु दिएर सम्पुर्ण संगीत प्रेमी नेपालि दाजुभाइ तथा दिदि बहिनिहरु माझ चर्चित बन्न सफल उनि निरन्तर नेपाली सुगम संगीतमा आफुलाई स्थापित बनाउन सफल भएकी छिन भने आफुलाई भर्सलटाइल गायिकाको रुपमा स्थापित गरेर निरन्तर चर्चामा नै छिन l सधै ब्यस्त रहने गायिका सहिमालाइ आजकल स्टेज क्वीन पनि भनेर पनि चिनिन्छ, उनको व्यस्तता आजकाल अचम्मको नै छ, एकै दिन मा ३/४ वटा कार्यक्रममा समेत उनि पुग्ने गर्छिन । देश भित्र मात्र नभएर बिदेशमा हुने कार्यक्रममा समेत उनको माग बढ्दै गएको छ भने उनको स्वर तथा गायन शैलीको चौतर्फी प्रसंशा हुने गरेको छ l

सुमधुर आवाजको साथै सुन्दर मुहार र मिलेको शरीर भएकी सुन्दरी गायिका सहिमा सुन्दर तन संगै सुन्दर मनकि पनि धनि छिन l सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनि गायिका सहिमाले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन l उनलाई एक बहु आयामिक प्रतिभाशाली, भर्सलटाइल गायिका भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता पनि छ उनको नेपाली भाषामा, नेपाली आधुनिक गित, गजल, भजन, लोकगित, तथा नेपालि फिल्मी गितहरु सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ भने उनले भोजपुरी, थारु र मैथिली गितमा समेत आफ्नो सुमधुर आवाज भरिसकेकी छिन। त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l गायिका सहिमा भन्छिन नेपालि संगीत भनेको हाम्रो सम्पति हो सस्कृति हो, त्यसैले हामीले यसलाई सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य हो र नेपाली सांगीतिक क्षेत्र तथा गित संगीतको स्तरलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो l

प्रतिक्रिया