विदेशको पिडा

इनेप्लिज २०७४ मंसिर २४ गते २१:२१ मा प्रकाशित

जति जति नजिक नजिक दशैं-तिहार आउँछ
गाउँ घर अनि परिवारको सम्झनाले सताउँछ |
चाड पर्ब भने पछि फुरुंग हुने यो मन
यो परदेशी जिन्दगीमा कति रुन्छ भन
सम्झिएर आफन्त र गाउँ घर यति बेला
लंगुर बुर्जा, रोटेपिङ्ग र लिङ्गे पिंगको खेल
मठ मन्दिर चौतारामा दुर्गा पूजा लाको
याद आउँछ तिहारमा सेल रोटि खाको
आफ्नो गाउँ ठाउँ छोडि परदेशमा बस्दा
मनको पिडा आँखाबाट आँशु बनि खस्दा
अनायासै जन्मिएको माटो सम्झिदिन्छु
सानो हुँदा दौडिएको बाटो सम्झिदिन्छु |

-राजा घले
हाल अमेरिका !

प्रतिक्रिया