एनआरएन अमेरिकाको एक सय दिनको -पन्च प्रश्न बहस कार्यक्रम नहुने :सच्ची मैनाली

इनेप्लिज २०७४ मंसिर २६ गते ०:३४ मा प्रकाशित

विजय थापा ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको नव निर्वाचित कार्यकारी समितिले सपथ ग्रहणको एक सय दिन पुगेको अवसरमा हुने तय भै सकेको “पञ्च प्रश्न सहितको बहस कार्यक्रम ” नहुने भएको छ l

एक सय दिन पुगेको शुभ अवसरमा पहिलो पटक क्यालिफोर्नियाको लस एन्जेलसमा राखिने पहल गरिएको भएता पनि डीसी क्षेत्रमा जनवरी १४ तारिख को लागि स्थान समेत आरक्षित गरिएको थियो भने हाल लाई यो नगर्ने निर्णय गरिएको छ l

एनआरएन अमेरिकाले पनि एक सय दिन पुगेको अवसरमा टेक्ससको ह्युस्टनमा कार्यक्रम गर्ने जानकारी दिएकोले कार्यकारी समितिका पदाधिकारीहरु संग कुराकानी र सरसल्लाह हुदा डिसीमा हुने भनिएको बहस कार्यक्रम टेक्ससको ह्युसटन सार्न सुझाव र आग्रह गरिएको ईनेप्लिज कि सहयोगी हात ,कार्यक्रम प्रस्तोता तथा रेसिडेन्ट (आवास सम्पादक )सच्ची मैनालीले बताईन l

ईनेप्लिज परिवार भित्र छलफल भै उक्त बहस कार्यक्रम ह्युस्टनमा गर्ने निधो र कुराकानी समेत एनआरएन अमेरिकाका संचार संयोजक बाल जोशी तथा महासचिब बिआरलामा लगायत संग गरिएको मैनालीले बताइन l र सबै कुरा तय भएता पनि यस बर्ष अझ हिमपात बढी हुने सम्भावना रहनु को साथै जनवरी २०१८ मा अझ व्यापक प्रभाव हुने र अन्तिम समयमा सबै कुरा गरेर यात्रा रद्ध हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै स्थगन गर्ने निर्णय गरिएको मैनालीले जानकारी दिएकी छिन् l

यसको साथै बाहिर राज्य बाट आउनु पर्ने र समय व्यवस्थापन गर्न कठिन र हम्मे हम्मे पर्न गएकोले झन्डै एक महिना अगाडी नै यो जानकारी दिन आवश्यक ठानेर यो संदेश सबैमा पुगोस भन्ने हेतुले गरिएको उनले जानकारी दिनु परेको बताइन l

मैनालीले अगाडी भनिन कार्यक्रमको खाका सबै पदाधिकारी ,संचारकर्मी ,अतिथिहरु सबैलाई अवगत गराउनुको साथै निम्तो समेत व्यापक गरिएकोले यस बाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी चाहन्छौ उनले भनिन l न्युयोर्कमा सम्पन्न गरिएको मस्तिष्क मन्थन कार्यक्रमले पाएको लोकप्रियता र व्यापक सफलता पछि ईनेप्लिज को अर्को बिशेष प्रस्तुति गर्ने चाहना रहदा रहदै गर्न नसकिने भएकोमा दुख लागेको मैनालीले बताईन l

गत सेप्टेम्बर १६ तारिख एनआरएन अमेरिकाको सपथ ग्रहण सफलतापूर्वक सम्पन्न भएको थियो भने आगामी डिसेम्बर २६ तारिख नया कार्यकारी समितिले नेतृत्व लिएको ठिक १ सय दिन हुने छ l

बिश्व कै सबै भन्दा ठुलो राष्ट्रिय समन्यव समिति अमेरिका प्रति अमेरिकामा रहेका यस संस्थाका सदस्यहरुले नेतृत्व लिए पछि चुनावी मैदानमा उत्रनु अगाडी बिजयी उम्मेदवारहरुले गरेका प्रतिबद्धता ,कार्यसूची तथा बाचाहरु प्रति गम्भीर भएका छन् कि छैनन् l पदाधिकारीहरु यस बिषयमा गहन छलफलमा तल्लिन छन् कि छैनन् ? कत्ति को बिषय बस्तु प्रति कार्यन्वयन गर्ने तर्फ उन्मुख छन जस्ता बिषयमा गरिने भनिएको पन्च प्रश्न बहस कार्यक्रम रद्ध गरिएको हो उनले भनिन l

प्रतिक्रिया