न्युयोर्कको टाइम स्क्वायर नजदिक बम पडकाउने बङलादेशी पक्राउ (थप जानकारी )

इनेप्लिज २०७४ मंसिर २६ गते २:११ मा प्रकाशित

 

विश्व कै सम्राट राज्य न्युयोर्कको टाइम स्क्वायर नजदिक मेनहाटनस्थित पोर्ट अथोरिटी टर्मिनलमा बम पड्काएको अभियोगमा प्रहरीले बंगलादेशका २७ बर्षिय अकायद उल्लाह लाई गिरफ्तार गरेको छ l प्रहरीका अनुसार आतंकबादी हमलाको प्रयास भएको बताएका छन् l

घटना आज बिहान डिसेम्बर ११ तारिख सोमबार बिहान करिव साढे ७ बजे बम पड्किएको थियो l प्रहरीका अनुसार उल्लाहले बम आफ्नो शरीरमा बेरेर बस टर्मिनल पुगेको र आफुले लागेको बम पड्किँदा उनका कपडा समेत फाटेको छ । अभियुक्त उल्लाह घाइते अवस्थामा लडिरहेको फेला पारेका थिए भने बम पड्किँदा अन्य ४ जनालाई सामान्य चोट लागेको छ भने मानिसको भागदौड चलेको थियो l श्रोत अनुसार ,उनले आक्रमण को उद्धेश्य गाजामा ईजरायलको कारवाही गरेको अनुसन्धान अधिकारीलाई बताएका छन् l

प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार अधिकारी संगको कुराकानीमा उल्लाह आतंकबादी आइएसआइएस समुह संग निष्ठा वचन दिएको बुझिएको सीएनएनले लेखेको छ l

अभियुक्त बगलादेशी हुन् भने न्यु योर्कको ब्रुकलिन मा बस्ने कुरा सीएनएन ले उल्लेख गरेको छ l उनि संग ट्याक्सी र लिमोजिन गाडीको आयोगको अनुमति मार्च २०१२ देखि मार्च २०१५ सम्म रहेको बुझिएको छ l तर उनले नवीकरण भने गरेका छैनन् l

उनि सन् २०११ मा अमेरिका एफ४३ पारिवारिक आप्रवासी प्रवेशाज्ञा बाट आएका थिए l र हाल उनि संग हरियो पत्र (स्थाई आवासीय पत्र) रहेको छ l उनका छिमेकि का अनुसार उल्लाह परिवार संग बस्दछन र उनि छिडी (बेसमेन्ट )मा बस्ने गरेका र उनका दाजु र दिदि माथिल्लो तल्लामा बस्छन l तर उनि मित्रतापूर्ण नभएकोले उनका परिवार चुपचाप हुन्थे भनि प्रहरीलाई जानकारी दिएका छन् l

उनीहरु कुरै नर्गने देखेको छिमेकिले बताए l उनीहरु त्यहाँ मात्र बसोबास गर्ने उल्लेख गरेका छन् l छिमेकिले उल्लाह गत दुई राती देखि चिच्याउने र कराउने गरेको भएता पनि घरबेटी साहु ले प्रहरीमा खबर नगरेको बताए l

पोर्ट अथोरिटी टर्मिनल विश्व कै सबैभन्दा ठुलो टर्मिनल हो जहाँ वार्षिक ६ करोड ५० लाख यात्रुले बस र रेलको सुविधा उपभोग गर्छन् भने न्यू योर्कका गभर्नर न्यू योर्क प्रजातन्त्र र स्वतन्त्रता विरुद्ध छाप पार्न चाहने धेरैको तारो भएको बताए । ‘

विस्फोट पछि पोर्ट अथोरिटी यात्री बाहक (बस)बिसौनी (टर्मिनल) केही समय बन्द गरिएको थियो भने नजिकका भूमिगत मार्ग खाली गरिएको थियो ।

प्रतिक्रिया