अमेरिकाको टेक्सस सडक दुर्घटनामा नेपाली मूलका ३ को मृत्यु र ३ गम्भीर घाइते

इनेप्लिज २०७४ मंसिर २७ गते ०:२९ मा प्रकाशित

अमेरिकाको टेक्सस शहरमा गत डिसेम्बर १० तारिख आइतबार रातिको समयमा भएको सडक दुर्घटनामा परि नेपाली मूलका ३ सदस्यको मृत्यु हुनु को साथै ३ जना गम्भीर घाइते भएका छन् l

सडक दुर्घटनामा मृत्यु हुनेहरुमा ५३ वर्षका डम्बर कामी, ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दर्जीको मृत्यु भएको हो । घाइते हुनेहरुमा २४ वर्षीया रुपा कामी, १४ वर्षीया मोनी लोकान्द्री र ४ वर्षीया रीना कामी रहेका छन् । रुपाको सघन कक्ष (आइसियु)मा उपचार भै रहेको छ ।

यस दुखद निधन प्रति टेक्सस राज्यको डयालस स्थित सक्रिय नेपाली सामाजिक संस्था नेपाली समाज टेक्सासको तर्फ बाट दुख व्यक्त गर्दै घाइतेहरुलाई स्वस्थ्य लाभको कामना गरेको छ l

संस्थाका अध्यक्ष तथा समाज सेवी कृष्णा लामिछानेले संस्थाको तर्फ बाट मृतकहरुको दाह संस्कार र घाईतजनको उपचार र राहतको लागी सबैलाई अनुरोध गरेका छन् l समाजसेवी लामिछानेले मृतकको अन्तिम संस्कारका आगामी १६ तारिख शनिबार गरिने भएको जानकारी दिएका छन् l संस्थाको तर्फ बाट १० हजार डलरको लक्ष्य सहित गो फन्ड खोलिएको छ भने अहिले सम्म $ २ हजार ४ सय डलर जम्मा भै सकेको छ l

गत बर्ष एटलान्टा मा एकै गाडीमा सवारी भएका ४ जना नेपालीको मृत्यु भएको थियो l भूटान सरकारबाट लखेटिएका कामी परिवार झापाको बेलडाँगी शरणार्थी शिविर बाट सन् २०१२ मा अमेरिका आएका थिए l डम्बर कामी र उनको परिवार टेक्सस राज्यको ड्यालस्को फोर्टवर्थ शहरमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका हुन् l

स्थानीय समाचार  :

http://dfw.cbslocal.com/2017/12/11/family-loss-crash/

तस्बिर : कृष्णा लामिछाने

सहयोग गर्न चाहनु हुनेहरुले यहाँ थिच्नु होला :

https://www.gofundme.com/help-for-mr-damber-kami-and-family?utm_source=internal&utm_medium=email&utm_content=sharing_image&utm_campaign=invite_n

प्रतिक्रिया