अमेरिकाको अलाबामा राज्यमा रिपब्लिकन दलको किल्ला तोड्दै डेमोक्र्याटिक दलका जोन्स सिनेट पदमा बिजयी

इनेप्लिज २०७४ मंसिर २७ गते ११:५७ मा प्रकाशित

अमेरिकामा गत डिसेम्बर १२ तारिखमा सिनेट पद को लागि भएको निर्वाचनमा डेमोक्र्याटिक दलका डग जोन्स सिनेट पदमा बिजयी भएका छन् l २५ बर्ष सम्म एक लौटी राज गरेको रिपब्लिकन दललाई लाई ठुलो धक्का लागेको छ l चुनावी परिणामसँगै जोन्स अलाबामाबाट सिनेटमा २५ वर्ष यता चुनिने पहिलो डेमोक्र्याट नेता बनेका छन्।

रिपब्लिकन दलका यौन दुर्व्यवहारको बिबादै विवाद मुसिएका रोय मुर पराजित भएका छन् l उनलाई सर्बत्र मैदान छोड्न आग्रह र दबाव गर्दा पनि उनि माथि यौन दुर्व्यवहार केवल राजनैतिक मुद्धा मात्र हो भनि उम्मेदवार बाट राजिनामा नदिई अडिक भई उम्मेदवार भएका थिए l

अन्तिम समयमा अमेरिकाका रास्ट्रपति स्वयम् पनि रुस सम्बन्धि जाच पड्ताल चलि रहेको समय र आफु माथि पनि यौन दुर्व्यवहारको कुरा सतह माथि उठि रहेको समयमा उनले रिपब्लिकन का उम्मेदवार रोय मुर लाई समर्थन गर्दा झन् कुरा बिग्रिएको हो भनि संचार माध्यमले लेखेका छन् l

राष्ट्रपति ट्रंप लाई रिपब्लिकन का उम्मेदवार रोय मुर लाई चुनावी प्रचार प्रसारमा समर्थन गर्न र नलाग्न समेत आग्रह गरिएको सीएनएन का राजनैतिक विश्लेषक हरुले भनेका छन् l

निर्वाचित भएपछि डग जोन्सले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् l उनले अलाबामाले देशलाई एकताबद्ध हुन सिकाएको उल्लेख गर्दै उनले आफ्नो अभियान कानूनको शासन र साधारण शिष्टतामा केन्द्रित रहेको उल्लेख गरे।

सिनेटमा कायम रिपब्लिकनको साँघुरो बहुमतलाई अलाबामाको परिणामले थप घटाइदिएको छ भने जोन्सले ४९.९ प्रतिसत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी रिपब्लिकनका मुरले ४८.४ प्रतिसत मत प्राप्त गरेका छन् l

र जोन्स कि जित संगै हाल सिनेटमा डेमो क्रेटिक दल को ४९ स्थान छ भने रिपब्लिकन को ५१ स्थान मात्र छ l जोन्स ले २१ हजार मतले जितेका छन् l

प्रतिक्रिया