रौतहटमा १९८ जना उम्मेदवारको जमानत जफत

इनेप्लिज २०७४ मंसिर २८ गते २२:४० मा प्रकाशित

प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका मध्ये १९८ जना उम्मेदवारहरु १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुको जमानत जफत भएको छ । रौतहटको ४ वटा प्रतिनिधि सभा र ८ प्रदेश सभा सदस्यको सिट रहेको छ । प्रतिनिधि सभामा चारै क्षेत्रमा ९२ जना उम्मेदवार चुनावी मैदानमा रहेकामा १२ जनाबाहेक ८० जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

प्रदेश सभाको ८ वटै सिटमा विभिन्न दल र स्वतन्त्र गरी १४२ जनाले मनोनयन दर्ता गराएकामा १० प्रतिशत मत ल्याउन नसकेका ११८ जना उम्मेदवारको जमानत जफत भएको बताइएको छ । खास गरी काँग्रेस, बाम गठबन्धनमा (एमाले माआवादी), राष्ट्रिय जनता पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपालको गठबन्धन बाहेक सम्पूर्ण उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिएका छन् ।

सञ्जय मित्र, रौतहट

प्रतिक्रिया