एनआरएनए अमेरिका ले टिपिएस(अस्थाई सुरक्षा दर्जा )नविकरण गराउन डिसीमा स्टेट विभाग लगायत सग भेटघाट सुरू

इनेप्लिज २०७४ मंसिर २९ गते २१:३५ मा प्रकाशित

अमेरिकामा अस्थायीरुपले बसिरहेका नेपालीहरुलाई अमेरिकन सरकारद्धारा प्रदान गरिएको टिपिएस सुबिधा नविकरणका लागी गैर आवासीय नेपाली संघ- एनआरएन अमेरिकाले डिसेम्बर १४ का दिन राजधानी वासिंटन डिसी स्थित बिभिन्न कंग्रेसनल लिडरहरु, Department of State तथा Department of Homeland Security (DHS)संग भेटी टीपिएस नबिकरण तथा यसको दिर्घकालिन समाधानका लागी गम्भीर वार्ता तथा परामर्स गरेको छ ।

संस्थाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको एक टोलीले अमेरिकी कंग्रेस स्थित नेपाल ककसका प्रमुख जेरड पोलिस, नेपाल ककसका सदस्यद्धय स्याम ग्रेभ्स र सुजन डेल्बेने तथा न्युयोर्कका कंग्रेसम्यान ग्रेस मेङ्गका प्रतिनिधीहरु संग भेटी टिपिएस नबिकरण गर्नका लागी आवश्यक छलफल गर्नुका साथै एक लिखित ज्ञापनपत्र समेत बुझाएको जानकारी एनआरएन अमेरिकाले एक बिज्ञप्ति जारी गर्दै दिएको छ।

नेपालका लागि अस्थाई रुपमा हाललाई कम्तिमा तिन बर्षको टिपिएस नबिकरण तथा बिधयक मार्फत यो समस्याको दिर्घकालिन समाधानका लागी आबश्यक पहल गर्न सबै कंग्रेसनल लिडरहरुका प्रतिनिधिहरु मार्फत आबश्यक प्रकृया आगाडी बढाउनका लागी आग्रह गरिएको छ। अमेरिकामा रहेका टिपिएसधारी नेपालीहरुको समस्याका बारेमा आफुहरु अबगत रहेको र यो समस्याको दिर्घकालिन समाधानका लागी आफुहरु चिन्तित रहेको भेटघाटका क्रममा ती प्रतिनिधिहरुले बताएको कुरा अध्यक्ष पौडेल द्वारा एक बिज्ञप्तिमा उल्लेख छ |

यसैगरी सोही टोलीले Department of State स्थित नेपाल डेस्कका प्रतिनिधी एलेक्स लेफिक्टेसंग भेटी नेपालको बर्तमान अवस्थाका बारेमा अवगत गराउंदै टिपिएस नबिकरणका लागी सम्बन्धित पक्षसंग पहल गर्न आग्रह गरेको छ ।

यहि क्रममा टिपिएस नविकरण गर्ने या नगर्ने विषयमा अन्तिम निर्णय लिने अधिकार बोकेको डिपार्टमेन्ट अफ होमल्याड सेक्युरीटी अन्र्तगत रहेको एसिया प्यासिफिक अफेयर्सका तिन जना प्रतिनिधीहरु संग भेटी नेपाल र नेपालीको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउंदै नेपालीहरुको टिपिएस नबिकरण नगरे अमेरिका र नेपालमा रहेका नेपालीहरुलाई पर्न सक्ने सम्भावित समस्याका बारेमा टोलीले अवगत गराएको छ । बैठकका क्रममा होमल्याण्ड सेक्युरीटीका प्रतिनिधीहरुले हालसम्म आफ्नो निकायले कुनै ठोस निर्णय नलिएको र आगामी मार्च महिना सम्ममा निर्णयमा पुग्ने बताए । नेपाल सरकारको औपचारीक अनुरोध भएमा मात्र टिपिएस नबिकरणको प्रक्रिया अघि बढ्ने जानकारी समेत ति प्रतिनिधीले दिए । टिपिएस उपलब्ध भएपछि अमेरिकामा रहेका नेपालीहरुले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका बारेमा प्रतिनिधीहरुले प्रश्न राखेका थिए । बैठकमा सहभागी तीन जना प्रतिनिधीहरुको अनुरोधमा उनीहरुको नाम खुलाइएको छैन ।

एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशीले संयोजन गरेका सबै बैठकहरुमा अध्यक्ष डा. केशब पौडेल, बरिष्ठ उपाध्यक्ष शुनिल साह, महासचिव बि आर लामा, मिडिया कोर्डिनेटर बाल जोशी तथा समाजसेवी मोहन ज्ञवाली सहभागी हुनुहुन्थ्यो । Department of State संगको बैठकमा भने अध्यक्ष डा. केशब पौडेल, मिडिया कोर्डिनेटर बाल जोशी र नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष गुणराज लुइँटेलको सहभागिता थियो।

टिपिएस नविकरणका लागी एनआरएन अमेरिकाले आगामी दिनहरुमा समेत अमेरिका भरिका नेपाल संघ- संस्थाहरु संग सहकार्य गरि राज्य तथा शहर स्तरीय जनप्रतिनिधीहरु मार्फत दबाब सृजना गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया