बाल्टिमोरको बानाले किन्यो आफ्नै सामुदायिक भवन

इनेप्लिज २०७४ पुष १ गते १४:१२ मा प्रकाशित

विजय थापा ,डीसीअमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित अत्यन्तै सकृय मुनाफारहित सामाजिक संस्था वाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरीका (वाना) ले आफ्नै सामुदायिक भवन किन्न सफल भएको छ l

स्थापना काल देखि क्रियाकलापमा जुझारु रुपमा प्रस्तुत भएको संस्था बानाले बुनेको सपना गत दिसम्बर १५ ,२०१७ मा पुरा भएको छ l झन्डै १३ बर्ष सम्म सुकुम्बासी झैँ भएर आफ्नो छानो र ओत लाग्ने सम्म आवास नभएर अनेकौ समस्या र हन्डर खाएको संस्थाले ऐतिहासिक प्राप्ति गरेको छ l

सपना साकार भएकोमा संस्थाकि वर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्ताले दाता जस्ले परदेशमा दुख गरेर कमाएको रकम समुदायले अगाडी सरेको गुरु योजनालाई साकार बनाउन अहम भूमिका निर्वाह गर्दै खुला हृदयले सहयोग गर्नु हुने सबै दाताहरुलाई बिशेष धन्यवाद दिन यसै बाट चाहेको बताइन l

उनले अगाडी भनिन आफू निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार हुँदा आफ्ना प्रतिबद्धता जाहेर गर्ने क्रममा सबै भन्दा पहिला बानाले अघि सारेको सामुदायिक भवन आफ्नो प्रथम प्राथमिकता रहेको स्मरण गराईन l त्यो बेलामा उनले यदि यो काम फत्ते भएन भने पनि बाना को एक कार्यालय समेत खोल्ने अठोट लिएको प्रष्ट पारिन l

आफू अध्यक्ष भए पछि यसैमा लागि परेको र घर दैलो अभियानलाई तिब्र पारेकोले सबैले घरको क्लोजिंग (समाप्ति ) गर्ने अन्तिम समयमा साथ दिनु भएकोले यो सम्भव भएको बताईन l बानाले किनेको भवन एकल घर (सिङ्गल हाउस )हो भने उक्त भवनमा दुई तल्ला रहेको छ l संस्थाले दिनु पर्ने रकम भुक्तानी गरेको छ भने दिसम्बर १५ देखि नै चाबी प्राप्त गरेको छ l

 

किनिएको उक्त सामुदायिक भवन आवसीय भन्दा पनि व्यापारिक (रेजिडेनसिएल भन्दा कमर्सिएल )मा ज्यादा उपयोग प्रकारको रहेको छ l सन् २००४ मा स्थापना भएको वाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरीका (वाना)ले २०१७ को अन्तिम महिना देखि अब आफ्नै भवनमा बैठक तथा कार्यक्रम समेत गर्ने छ l

प्रतिक्रिया