चितवनको सौराहामा हात्ती महोत्सव हुँदै

इनेप्लिज २०७४ पुष १ गते १६:२० मा प्रकाशित

शिशिर सिंखडा
सौराहा,चितवन ०१ पुस ।

चितवनको सौराहामा यही पुस ११ गते देखि १५ गते सम्म १४ औं चितवन हात्ती महोत्सव हुने भएको छ र्। समाज,संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने छ । विगतका बर्षहरुमा भन्दा महोत्सवका कार्यक्रमहरु परिमार्जित गरिएका छन ।  यस बर्ष हात्ती बनभोज कार्यक्रम,हात्ती फाष्टवाक प्रतियोगिता,हात्तीको छावाहरुको फुटवल प्रतियोगिता,हात्ती श्रृगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन । त्यसैगरी हात्ती पोलो प्रतियोगिता,हात्ती पेन्टीङ प्रतियोगिता,हात्ती बार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृति कार्यक्रम रहेको छ ।

अंग्रेजी नयाँ बर्षलाई मध्यनजर गरी डिसेम्वर २६ देखि ३० तारिख सम्म हुने कार्यक्रमको मुख्य आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहा रहेको छ । भने मुख्य सह आयोजकमा युनाईटेड हात्ती हात्ती सहकारी संस्था रहेको छ । त्यसैगरी सहआयोजकमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति,बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वन,रेवान सौराहा,सौराहा बचत तथा ऋण सहकारी संस्था र साना पर्यटन व्यवसायी समुह रहेका छन ।  चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मुख्य प्रर्बधक नेपाल पर्यटन बोर्ड रहेको छ भने संरक्षण रत्ननगर नगरपालिका रहेको छ । सो महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान समेत गरिने सौराहामा आज शनिवार पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसंगै , हात्ती फाष्टवाक प्रतियोगिता २० वटा,हात्तीको छावाहरुको फुटवल प्रतियोगितामा १० वटा,हात्ती श्रृगार प्रतियोगितामा ५ वटा,हात्ती पोलो प्रतियोगितामा ८ वटा ,हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटो,हात्ती बार्थिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए । सो महोत्सवमा प्राथमिक उपचारको लागि हात्तीका विशेषज्ञ समेत परिचालन गरिने छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतमा कार्यक्रम भएको थियो ।

सौराहा हर्न निषेधित क्षेत्र घोषणा

चितवनको पर्यटकीय नगरी सौराहालाई आजबाट हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । हात्ती महोत्सवको पत्रकार सम्मेलनमा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले आजबाट लागु हुने सौराहा क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेका हुन । आज बाट यही पुस १५ गते सम्म प्रचार प्रसार अबधिको रुपमा लिई जनचेतना जगाउन र स्थानीय स्तरमा सन्देश प्रबाह गर्न थालिएको पन्तले बताए । मानिसमा मात्र जनावरमा पनि हर्नको कारणले असरको बारेमा समेत जानकारी गराईने उनले बताए । यस अघि चितवनको नारायणगढ,भरतपुरका मुख्य सडकहरुमा भदौं १ गते देखि हर्न विषेधित क्षेत्र घोषणा गरिएको थियो ।

प्रतिक्रिया