बिहीबार, माघ ४ २०७४ | Thu, January 18, 2018
नेपालको समय: २१:३३ | Washington DC: 10:48

अध्यादेश राष्ट्रपतिले रोक्न मिल्दैन : कांग्रेस नेता पौडेल

राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिरहेको अवस्था कांग्रेस वरिष्ठ नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्र तनहुँ क्षेत्र नम्बर १ का विभिन्न ठाउँ मतादातालाई धन्यवाद दिनेक्रममा यस्तो बताएका हुन् ।

उनले राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा जोगाउन सबै लाग्नुपर्ने भन्दै असंवैधानिक काम गर्न राष्ट्रपतिलाई कसैले पनि उकास्न नहुने बताए । राष्ट्रपतिले पनि कुनै राजनीतिक दलको उक्साहटमा लाग्नुभन्दा आफ्नो संवैधानिक दायरामा रहेका काम गर्नुपर्ने उनको भनाइ थियो ।

पौडेलले राष्ट्रियसभा गठन नभएसम्म संघीय संसदले पूर्णता नपाउने भन्दै राष्ट्रियसभा तत्काल गठन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘राष्ट्रियसभा एउटा जिम्मेवार संस्था हो । अन्तर्राष्ट्रियस्तरमा पनि एउटा पाको सभाका रुपमा राष्ट्रियसभालाई लिने गरिन्छ । त्यस्तो जिम्मेवार सभालाई कुनै एउटा दलको पकड बनाउने ढंगले कानुन बन्नु गलत हुन्छ ।’

उनले राष्ट्रियसभाको असल चरित्रका लागि पनि एकल संक्रमणीय मतमा आधारमा राष्ट्रिय सभाका सदस्यको चयन हुनुपर्ने तर्क गरे ।

२०७४ पुष २ गते १२:४७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी