जनवरी ७, २०१८ मा हिक्सभिल, न्यूयोर्कमा रक्तदान कार्यक्रम गर्दै

इनेप्लिज २०७४ पुष ३ गते ०:०७ मा प्रकाशित

नेपालबाट लङ आईल्यान्ड न्यू योर्क आएर बसेका हामी बिच लङ आईल्यान्ड नेपाली समाज न्यू योर्क गठन भएको छ । यस समाजले आपसी भाईचारा, एक आपसमा सहयोग बृदि गर्न र नयाँ बर्ष, दसैं, तिज, पिकनिक, खेलकुदका साथै बिभिन्न सामाजिक कार्य गर्दै आई रहेको छ । आगामी जनवरी ७, २०१८ मा ब्रडवय मल, हिक्सभिल, न्यूयोर्कमा रक्तदान कार्यक्रम गर्दै छ । आफ्नै पाखुरामा सुइ घुसारेर प्लाष्टिकको थैलामा निकालिएको रगतले कसैको जीवन बच्छ। यो उत्कृष्ट कार्यलाइ अरू कुरासंग तुलना गर्न सकिदैन। त्यसैले तपाईं हामी मिलेर कम्तिमा ३५ जनाले रक्तदान गर्ने कार्यक्रम बनाएका छौ । साथ दिनुहोला ।

रक्तदान वास्तबमा “जीवनको बरदान” हो । अमेरिकामा हरेक बर्ष ३० मिलियन ब्लड कम्पोनेन्ट आबस्यक पर्छ । अर्थात हरेक दुई सेकेन्डमा बिरामीको लागि रगत आबस्यक पर्छ । एउटा स्वस्थ ब्यक्तिले मात्र आफ्नो शरीरको अमुल्य रगत दिएर मृत्‍युको मुखमा पुगेका बिरामी तथा घाइतेहरुलाई पुन नयाँ जीवन प्रदान गर्न सक्छ । यही कुरालाई हृदयगम गरी हामी नेपालीहरुले अमेरिकामा बिगत सन २००८ देखी हालसम्म करीब ७००० नेपालीहरुले रक्तदान गरेका छन । यती परीमाणबाट २१००० बिरामीहरुलाई बच्चाउन सहयोग हुन्छ । यो उपलब्धी हामी सम्पूर्ण अमेरिकि नेपालीहरुको लागि गौरवको कुरा हो ।

रगत दान गरेकै कारण हाम्रो शरीरमा कुनै कमजोरी हुँदैन भन्ने नेपाली रक्तदाताहरुले उदाहरण प्रस्तुत गरी सकेका छन । केही नेपालीहरुले सयौ पटक रक्तदान गरी सकेका छन । केहीले बर्षमा १९ पटकसम्म रक्तदान गरेका हाम्रै समाजमा छन । रगत दान गर्नका लागि थप केही जानकारी तल प्रस्तुत गरियको छ ।

पहिलो पटकका रक्तदाताले थाहा पाउनु पर्ने कुराहरु:

(क) रगत निकाल्नका लागि प्रयोग गरिने सुइ देखि डर लाग्न सक्छ, तर नडराउनुहोस तपाइको अलावा रक्तदान गर्नेहरुमा अरुपनि छन । सुरुमा सुइले छुसुक्क घोचेको जस्तो महसुस हुन्छ र त्यसपछि केहि दुख्दैन ।

(ख) प्राय: जसो खानेकुराहरु खाँदा आइरन युक्त खानेकुरा खानु पर्छ ।

(ग) रक्तदान गर्नु अधि र पछी पनि प्रशस्त तरल पदार्थ पिउनु पर्दछ । यसले शरीरमा सुख्खापन हुनबाट बचाउछ ।

(घ) रक्तदान गर्नु पूर्व स्वस्थ खानेकुरा खानु पर्दछ । सकभर चिल्लो खानेकुराहरु नाखानुहोला ।

(ड.) रक्तदान गर्ने ठाउमा आफ्नो फोटो भयको परिचयपत्र लियर जानुपर्छ ।

(च) रक्तदान गर्ने अघिल्लो दिन बेलुका चाडै सुतेमा राम्रो ।

(छ) रक्तदान गर्न जाने ठाउमा जाँदा सजिलो खालको सर्ट लगाएर गएमा राम्रो । रक्तदान गर्न बाहुला माथि सार्न सजिलोहोस भनेर ।

(ज) रक्तदान गर्ने बेड वा मेचमा सजिलोसग बस्नुहोला । सकभर मनमा राम्रो कुरा मात्र लिनु भय राम्रो ।

(झ) अन्त्यमा, बढो गौरावान्वित्कासाथ रमाउदै आज मानब जीवन बचाउन सहयोग गरियो भन्ने सम्झनुहोला ।

(य) एउटा स्वस्थ पुरुषको प्रती किलो ७६ एम एल र महिलाको ६६ एम एल रगत हुन्छ । त्यसमध्ये हामीलाई दैनिक कार्यको लागि ५० एम एल रगत चाहिन्छ । बाँकी रहेको १६ एम एल मद्धे ८ एम एल मात्र दान गरिन्छ । यो परीमाण साधारण खानेकुराबाट २४ घण्टामा पुरा हुन्छ । रगतमा हुने अन्य बिटामिन, खनिज पदार्थहरु ५६ दिनमा पुरा हुनेछ । त्यसैले अमेरिकामा हरेक ५६ दिनमा रगत दिन सकिन्छ ।

(ट) यदी कसैलाई उच्च रक्तचाप छ र औषधी खाएर रगत दिने बेलामा नियन्त्रण छ भने दिन सकिन्छ । त्यस्तै कसैलाई उच्च कोलेष्ट्रोरल छ भने पनि रगत दिन सकिन्छ ।

(ठ) स्वच्छ आचरण हुनुपर्छ । यही निर्धारण गर्नको लागि करीब चालिस पचास वटा प्रश्न सोधिन्छ । खासगरी रगत दिने र रगत पाउने दुबै जना स्वस्थ हुन भन्ने नै मुख्य उद्धेश्य रहन्छ ।

(ड) अमेरिका बसोबास गरेका कोही ब्यक्ती रिसेन्टिली काठमान्डौ गएर आउनु भएको छ भने पनि रगत दान गर्न पाउनु हुनेछ ।

(ध) सकभर मनमा राम्रो कुरा मात्र लिनु भय राम्रो ।

(झ) अन्त्यमा, बढो गौरावान्वित्कासाथ रमाउदै आज मानब जीवन बचाउन सहयोग गरियो भन्ने सम्झनुहोला ।

उपरोक्त पढि सकेपछी, तपाईंहरुको केही जिज्ञासा भए पुन संपर्क गर्नुहुन अनुरोध छ । धन्यवाद ।

रक्तदान आयोजक समिती
लङ आईल्यान्ड नेपाली समाज न्यू योर्क

प्रतिक्रिया