उपचार नगरेको भन्दै युद्धकालमा माओवादीले भण्डै मारेनन्, छत मै तरकारी खेती गर्दै पीडा भुल्दै छन् छबिलाल (भिडियो)

इनेप्लिज २०७४ पुष ३ गते ११:४९ मा प्रकाशित

छत प्रायः घाम ताप्ने र लुगा सुकाउने काममा बढी प्रयोग हुदै आएको हामीले देख्दै आएका छौं । घर बनेपछि प्राय घरहरुमा पानी ट्याङ्की घरको छतमा देखाउने र बाँकी रहेको जग्गा त्यतीकै खाली राख्ने प्रचलन धेरैमा छ भने कोही कोहीमा फुलका गमलाले छत सझाउने गरेको पनि देखिन्छ । अधिकांशको घरमा छत एक उपयोग बिहिन क्षेत्रको रुपमा रहदै आएको छ ।

यो क्षेत्रलाई कुनै उपलब्धीमुलक काममा राख्न सके जीवनस्तर माथि उकास्न मद्दत हुन्छ, यो सोच कमैमा हुन्छ । पोखरा नयाँबजारका छबिलाल सुबेदीलाई भने घरको छतले राम्रो काम दिलाएको छ । पेसाले उनी स्वास्थ्यकर्मी हुन् । युद्धकालमा माओवादीलाई उपचार नगरेको भन्दै धेरै तानव दिएका थिए । उनि भागेर पोखरा आए । तरकारी खेतीमा लाग्नुको श्रेय उनले माओवादी जनयुद्धलाई दिन्छन् किनकी उपचार नगरेको भन्दै माओवादीले उनलाई लखटेका थिए ।

हेरौं उनको सफलता र दर्दनाक पीडाको कथा ः

प्रतिक्रिया