बुधबार, असार ६ २०७५ | Wed, June 20, 2018
नेपालको समय: १७:०९ | Washington DC: 07:24

ओबामाको अन्तरवार्ता बेलायती राजकुमार ह्यारीले यसरी लिए

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको अन्तरवार्ता बेलायतका राजकुमार ह्यारीले लिएका छन् । उनले गत सेप्टेम्बरमा टोरन्टोमा लिएको सो अन्तरवार्ता बीबीसी रेडियो ४ बाट डिसेम्बर २७ मा प्रशारण हुदैछ l

ह्यारीले अतिथि सम्पादकको हैशियतले अन्तरवार्ता लिएका हुन् l उक्त अन्तर्वातामा ओबामा र ह्यारीले ख्यालठट्टा गरिरहेको तथा ह्यारीले सम्पादकीय प्रक्रियाबारे बुझाइरहेको टिजरमा देखिन्छ । के मैले ब्रिटिस उच्चारण गर्नुपर्छ ?’ ओबामाले मुस्काउँदै ह्यारीलाई प्रश्न गरेको देखिन्छ । ह्यारीले जवाफमा ‘पर्दैन, पर्दैन,’ भन्छन् । तर, उनले जवाफ दिँदा बीचमा लामो समय अन्तराल नराख्न ओबामालाई सचेत गराउँछन् ।

ओबामाले आफूले राष्ट्रपति कार्यालय त्याग गर्दाको घटना स्मरण गरेका छन् र त्यसपछिको ओबामा फाउन्डेसनमार्फत गरिरहेको कामबारे ब्याख्या गरेका छन् ।

ह्यारी र ओबामा धेरै वर्षदेखिका मित्र हुन् । ह्यारीलाई ओबामाले बारम्बार पटक–पटक भेटिसकेका छन् । ओबामा यूरोप भ्रमणमा जाने क्रममा उनी केन्सिङ्टोन राजदरबारमा एक रात बिताएका थिए ।

२०७४ पुष ३ गते १२:०२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी