बिहीबार, माघ ४ २०७४ | Thu, January 18, 2018
नेपालको समय: २१:२८ | Washington DC: 10:43

पुसभित्रै ओलीको नेतृत्वमा नयाँ सरकार : ज्ञवाली

 पुस ३ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पुस महिनाभित्रै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।

सोमबार बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा गुल्मी क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उनले सरकार पूर्णरुपमा वाम गठबन्धनकै बन्ने भन्दै ७ मध्ये ६ ओटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने ठोकुवा गरे ।

जनताको चाहनाअनुसार एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने भन्दै ज्ञवालीले ‘दुई पार्टीको एकीकरणलाई कसैले रोक्न सक्दैन’–भने ।

संविधानमा नै परिकल्पना नभएको कुरालाई लिएर नेपाली कांग्रेसले सत्ता लम्बाउने खेल रचेको आरोपसमेत उनले लगाए ।

२०७४ पुष ३ गते १३:२१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी