१३ बर्षको उमेरमा जबरजस्ती बिहे भएकी मोडलको अन्तर्वार्ता

इनेप्लिज २०७४ पुष ८ गते १२:१४ मा प्रकाशित
पिएनपिखबर, भक्तपुर : काठमाडौँ सपनाको शहर हो। यहाँ कयौ सपना बोकेर लाखौ मानिसहरु सपना प्राप्तीको लागि  जतिसुकै परिश्रम गर्न पनि पछि पर्दैनन्; कोही रहरले त कोही बाध्यताले। यस्तै भीडहरुमा मेघना मगरको कथा भने अलि पृथक अनि उदारणीय छ। मेघना मगर जसले   धेरै मेघनाको कथा बोकेकी छिन् जसले जीवनको हर आयामहरुमा संघर्ष गर्दै आफ्नो लक्ष्य प्राप्तीको लागि निरन्तर कर्तब्यपथमा लम्किरहेकी छिन्।
रुपन्देही जिल्ला महोतरीमा जन्मेकी २८ बर्षीय मेघना मगर पढाईको सिलसिलामा काठमाडौँ प्रवेश गरेकी हुन् । लामो समय देखि नित्य र मोड्लिंग छेत्रमा संघर्षरत, नृत्यांगना एवंम मोडल पनि हुन् उनी । भविष्यमा सफल कोरीयोग्राफरको रुपमा  चिनिन चाहने उनीले काठमाण्डौलाई कर्म थलो बनाइन ।
 
पारिवारिक सहयोग नहुँदा काठमाडौँमा धेरै नै संघर्ष गर्नुपरेको दिन सम्झिदै उनी अझै पनि दुख मान्छिन। पढाईको लागि कलेज  आउँदाजाँदाको गाडीभाडा समेत नहुने परिस्थितिको सामना गर्नु परेको उनले बताइन। सातदोबाटोमा डान्स स्कूल चलाइरहेकी उनले छोरी भएकै कारण परिवारमा हेलाको पात्र बन्नुपर्यो। टेलिभिजन हेरेर बालापनदेखि नै नाच्ने मेघनालाई बाबुले डाक्टर, पाईलट बन्नुपर्ने भन्दै यस क्षेत्रबाट टाढा राख्न खोजे। यति सम्म कि उनलाई जन्म दिने आफ्नै बाबुले नागरिकता पनि बनाइदिएनन्। तर बाबुको रिस नै उनलाई यो कलाकारिताको  क्षेत्रमा जान प्रेरणाको स्रोत मिल्यो । संघर्ष गर्दै आफ्नो लक्ष्य प्राप्तीको लागि निरन्तर कर्तब्यपथमा लम्किरहेकी छिन्।
 
आफ्नो बाबुले गरेको यस्तो दुर्ब्यबहार सम्झिदै पिएनपीखबरले लिएको अन्तर्वार्तामा उनले आशु झार्न बाध्य बनिन्। नागरिता त भई हाल्यो उनले आफु बाबु हुने कर्तव्य समेत निर्बाह नगरेको अतित सम्झदै उनी बुबा खोज्ने प्रयास गर्दा पनि अहिले सम्म सम्पर्कबिहिन छन् । बाबुले दोस्रो बिबाह गरेर बसेता पनि उनलाई जन्म दिने आमाले दोस्रो पतिमार्फत नागरिकता बनाइदिईन । छोरी भएर जन्मिएकै कारण आफ्नो परिवारबाट अपहेलित हुनुपरेकी मेघना अब बाबुको आबश्यकता आफुलाई नभएको र आफु स्वाबलम्बी भईसकेको बताउँछिन्।
 
पारिवारिक समस्या झेल्दै मोड्लिंगमा प्रवेश गरेकी उनले शुरुवाती दिनहरुमा बिभिन्न कम्पनीबाट यौन दुर्ब्यबहार समेत सहनुपर्यो। पछि उमेश गुरुङसंगको साथ र सहयोगबाट अहिले आफ्नो स्कुलबाट म्युजिक भिडियो उत्पादन गरिरहेकी छिन्। कलाकार बन्छु भनेर सहर छिरेका नबप्रवेशीहरुले कि त वैश कि त पैसामा सम्झौता गर्ने तितोसत्यलाई उनले सहजै स्विकारिन।
यति मात्रै हैन १३ बर्षको कलिलो उमेरमा उनलाई हजुरबुबाले बिबाह गराइदिए। तर पछि आमाले उनलाई त्यस बिबाहबाट छुटकारा दिलाइन। आफ्नो इच्छा र चहाना बिपरित गरेको   बिबाह उनले एक हप्तासम्म झेल्नुपर्यो  भन्दै त्यसलाई आफ्नो जीवनको ठुलो दुर्घटना सम्जिन्छिन उनी। बुबाको कारणले केटाबाट टाढै रहने उनी भविष्यमा सफल कोरियोग्राफर बन्न चाहन्छिन। धेरै मेघनाहरुको वास्तविक कथालाई उजागर गरेकी मेघनालाई हाम्रो पिएनपिखबर परिवारको तर्फबाट उज्ज्वल भविष्यको शुभकामना। हेनुस पिएनपि मिडियाले गरेको उनीसंगको कुराकानी :

प्रतिक्रिया