नेपाली टोपी दिवश

इनेप्लिज २०७४ पुष १४ गते ३:२० मा प्रकाशित

टोपी नेपालीहरुको शान हो । शिरमाथि बस्ने नेपालीहरुको पहिचान हो । सन्सारका उच्च शिखरहरुमध्यको उच्च शिखर सगरमाथाको प्रतिक हो । यो नालापानीमा युद्धलडेर बहादुर कहलिएको सार्वभौम हो टोपी । नेपालीहरुको आत्म सम्मान बोकेको गर्व हो टोपी । जनवरी एक तारिक नेपालीहरुको पर्व हो टोपी । टोपीले कुनै रंग जात धर्म र बर्गको वकालत गर्दैन । धनी र गरिवमा भेदभाव गर्दैन । हुने खाने र हुँदा खानेका विचमा पक्ष लिंदैन । ठूलो भूँडी र सानो भूँडीका विचमा फरक व्यवहार गर्दैन । वालक देखि बृद्ध सम्म किशोर देखि नवजवान सम्म समान मान र सम्मान दिन्छ । राजा, प्रधानमन्त्री , मन्त्रीहरु देखि सचिवहरु हुँदै पियन सम्मका टाउकामा बस्दा पनि यसले कुनै घमणड गेरन ।

अमेरिकाका पूर्व राष्ट्रपति ओवामा र भारतका प्रधानमन्त्री मोदीका टाउकामा चढ्दा पनि कत्ती हौसिएन । वैदेशिक कुटनितिज्ञहरु फेरिंदै आउँछन् । प्रायशहरेकले टोपी लगाउँछन् तर टोपीमा कती घमन्ड छैन । दौरासुरुवाल पटुका माथि कोटलगाएर टोपी लगाए पनि ठिकैछ । सुटलगाएर टाई कसेर टोपी धड्काए पनि ठिकैछ । कमेज सुराल लगाएर वा ट्रयाकसुटमाथि नै लगाए पनि कुनै विवाद र प्रतिवाद गर्दैन टोपी । कछाड जाँगे ठुटेसुरुवाल लगाएर शिरमा टोपी लगाए पनि अप्ठ्यारो मान्दैन टोपी ।

हिँउँ शित सिरेटो अशिना आँधी र हुरीबाट जोगाउँने हो टोपी । घरले व्यक्ती र परिवारलाई जोगाउँछ । टोपीले मानिसको शान प्रतिष्ठा र बौद्धिकताको बाहक टाउकोलाई बचाउँछ । टोपी मानिसको ताजहो । टोपीहरु बिभिन्न रंग , बुट्टा र ठूलासाना आकारमा पाइन्छन् । तर पनि म ठूलो र तँ ठूलो भन्ने कुनै घमण्ड छैन टोपीमा। म पाल्पाली ढाका टोपी, म तेह्रथुमे ढाका टोपी, या म बनेपाली, भादगाँउले कालोटोपी भनेर खुट्टा तानातान गर्दैनन् टोपीले । क्षेत्र र जातको वकालत गर्दैनन् टोपीले । नाक र आँखाको भेद देख्दैनन् टोपीहरु । बाद र विचारको खेती गरेर अभाब र बेथिति फलाउँदैनन् टोपीहरु । स्वार्थ र अहमको भेल बगाएर रमाउँदैनन् टोपीहरु । अरुलाई रुवाएर आफू खुशि हुन जान्देन टोपी । तँ बसेको टाउकाले नौमहिना शासन गर्यो अब म बसेका टाउकाको पालो भनेर कहिलै लड्दैनन् टोपीहरु । राष्ट्रपति रामबरण यादबका टाउकामा बस्दा पनि कहिलै मात्त्तिएन टोपी । राष्ट्रपति विधादेवी भण्डारीको टाउकामा बस्न पाईँन भन्दै कहिलै आत्तिदैन टोपी ।

भरियाको गह्रोगो भारिका नाम्लाले थिंचिदा पनि खुशिनैछ टोपी । उकाली र ओरालीमा भारीका बोझले गर्दा थकित भरियाले भारी बिसाएर निधारका पशिना पुछ्दा पनि उत्तिकै सम्मानित छ टोपी । ब्राह्मणले खाना खाँदा शिरबाट झिकेर राख्दा पनि गर्व गर्छ टोपी । मृत्यभएका आफन्तहरुले आफन्तको शोकमा शिरबाट झिकिँदा पनि आफु झिकिएकोमा दुखि बन्दैन टोपी । शोकाकुल परिवारजन सँगै दुखि बन्छ टोपी ।

किसान सँगै खेतका गरा र बारीका छेउ भित्ता चाहार्दछ टोपी । गोठालका शिरमा बसेर भेडाबाख्रा गाई भैंसी देखि चौरीहरुलाई समेत टहल्दछ टोपी । तराई पहाड हुँदै बेंसीका फाँट देखि हिमालका टाकुरा सम्म रमाउँदछ टोपी । मेची देखि काली हुँदै टिस्टा देखि कुमाउ सम्म फैलिएको छ टोपी । टोपीको माथिल्लो भाग सबै फाटेर घेरोमात्र रहँदा पनि विचलित भएर चिच्याउँदैनन् टोपीहरु । आकारमा बढाएर कान र घाँटी छोप्ने बनाए पनि हौसिँदैनन् टोपी । कारिन्दाका टेवुलमाथि बस्दा पनि गम्कँदैनन् टोपीहरु । साम्सदका जुलशमा पनि टाउकमा चढेर कुर्लिँदैनन् टोपीहरु ।

नेपालमा आएको गणतन्त्र सँगै विश्वका प्रायश हरेक देशहरुमा नेपालीहरुको पहिचान र शानको रुपमा पुगेको छ टोपी । बर्षको ३६३ दिन सुट्केश भित्र कैद भए पनि दशै तिहार नयाँ बर्षमा बाहिर आउँदा उत्तिकै शान मान र प्रतिष्ठा बोक्दछ टोपी ।

२०१८साल जनवरी एक सोमबारका दिन मनाइने टोपी दिवशले सन्सार भर शान्ति सुस्वास्थ र सबैमा दीर्घायू प्रदान गरोस् । नेपालमा शान्ति सुव्यवस्था कायम भइ द्रुतोत्तर विकाश होस् । पार्टीहरु विचका र आन्तरिक विवादबाट देश मुक्त बनोस र विश्वमा एकमात्र प्राकृतिक विविधता भएको विकशित र संबृद्ध देशको रुपमा रुपान्तरित होस् नेपाल । हार्दिक शुभकामना ।

प्रतिक्रिया