एक अर्काको साथ् बाट संसार तित्ने कथामा ऋतु र सुन्दर (भिडियो सहित)

इनेप्लिज २०७४ पुष १७ गते १८:०७ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतहरु धेरै बजारमा आइरहेको बेला नुवाकोट शिवपुरी ७ का प्रतिभावान युवा कलाकार सुन्दर आर.डी ले एक संयोगान्त गीत बाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नका लागि लोक दोहोरी गीत “तिम्रै भर पर्दिन्छु” भर्खरै बजारमा लिएर आएका छन् । उनले यस अगी “सकिन खोलि फर्काउन” बोलको गीत ल्याएका थिए । यस गीतको सफलता पछी यो सुन्दरको दोश्रो सांगीतिक कोसेली हो ।

निकै लामो समय यता बस्दै आएको प्रेम सम्बन्ध लाई अटुट र अजम्बरीको चाह गर्दै तयार पारिएको यस गीतमा सुन्दर आए.डी लाई गायिका पार्वती कार्कीले स्वरमा साथ दिएकी छिन् । बिशेष गरी हामी सम्पूर्ण नेपालीहरुले आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्नु पर्छ भन्ने मूल उदेस्य       बोकेर काँठ क्षेत्रको सुगन्ध प्रदान गरिएको यस गीतमा लय सुरेन श्रीजन र सुन्दर आर .डी ले तयार तयार परेका हुन् भने शब्द सुन्दर को नै रहेको छ ।

सार्थक डिजिटल प्रालिले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियो पनि तयार भैसकेको छ । निकै आकर्षक र मन छुने भाव लहरीमा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा सुन्दर आर.डी र ऋतु तामांगको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सुरेन श्रीजनले गरेका हुन् भने छायांकन तथा सम्पादन दिपेन्द्र भट्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया