शिलुले छाडिन मायालु खेम सेन्चुरीलाई मायामा भर नपरेर भिडियो सहित

इनेप्लिज २०७४ पुष १९ गते १२:१६ मा प्रकाशित
रोशन पोखरेल , विराटनगर
नेपाली सांगितिक क्षेत्रमा मौलिक भावहरु समेटिएका झयाउरे कोशेली आउने क्रम जारी रहेको छ ।यसै क्रममा गायिका शिलु भटटराई र खेम सेन्चुरीको आवाजमा “ छैनौ नी भरेैको ” डिजिटल बजारमा भखरै मात्र आएको छ ।
माया प्रेमको भावलाई रचनात्मक रुपमा समेटने प्रयास गरिएको छ । माया प्रेममा रहेका जोडिहरु आफनो माया अजम्वरी होस भन्ने चाहना राख्दछन । तर कतिपय अवस्थामा मायामा आउने विभिन्न अवरोधले गर्दा माया को कसिलो डोरीमा खटपट आउने गर्छ त्यही भावहरुलाई समेटेर गायिका शिलुले भ्याउरे गित ल्याएकी छन । खेम सेन्चुरीको शब्द तथा संगितमा रहेको गितलाई आम दर्शकहरुले निकै मन पराउने अपेक्षा गरिएको छ । भिडियोमा पुर्णिमा श्रेष्ठ, प्रकाश भटट, मनिष खड्का , रविन थापा लगायतका कलाकारको अभिनय रहेको छ । भिडियोको छायाँकन राजेश घिमिरेले गरेका हुन भने विष्णु शर्माले सम्पादन गरेका छन । “ छैनौ नी भरेैको ”को निर्देशन प्रकाश भटटले गरेका छन ।

प्रतिक्रिया