म मेरो देश नलेखु

इनेप्लिज २०७४ पुष १९ गते १७:५४ मा प्रकाशित

फुस्रो देख्छु देशको अनुहार
अनुहारमै पढिरहेछु देशको बर्तमान
मैन झैँ धिपधिप जलिरहेछ देश
छरिरहेछ अझै वेदनाको प्रकाश
भयभित देख्छु देशको उत्साह
अहिले
पैँचोमा किनिएका छन्
देशका कैयौँ खुसीहरू

अव पनि
म मेरो देश नभोगूँ
म मेरो देश नलेखूँ

समृद्धिको अग्ला शिखरमुनि
मुस्कुराई रहेछन् भोका पेट
बजिरहेछन् अभावका अन्तरा
कहिले सम्म बाउनु पर्ला भोकाहरूले मुख

कसरी देख्लान पापीहरूले सत्य
खण्डित यी असंख्य मनहरू बोकेर
गरिरहेछु जोड्नलाई प्रयास

घुमिरहेछ अतिमानै मानव मन
जन्माई रहेछ एक अतिले अर्कों अति
रोपिरहेछन् शासकहरू विभेदका भाला
फुलिरहेछन् उस्तै तिनै विभेदका फूलहरू
पोतिएका छन् यहाँ अनौठा रड्गभेदी क्यानभास
झरिरहेछ देशैभरि आँसुका उस्तै झरना
बजिरहेछ जनता बीचमा
अभावको सधैँ अमिल्दो धुन

देशले यस्तो भोग्दै
म मेरो देश नभोगूँ
म मेरो देश नलेखूँ

हेरिदिन्छ देश सधैँ
तिनै धनिहरूको असजिलो पक्ष
सबै कोणहरूबाट चियाई/चियाई
सबै दृष्टिहरूबाट ओल्टाई/पल्टाई
कहिले फर्कला कुन्नि सत्यतिर दृष्टि
बन्यो किन माहान संस्कृति नै युद्ध
फलाई रहेछ मानव
बीजविनाको फल
मानिसभित्र लुकी बस्छ
मानवरूपी सिकन्दर
यी अराजक शासकहरूका
यी गहिरा अनविज्ञताहरू
घुमिरहन्छ किन मतिष्क भित्र

हो अहिले !
मुग्लानतिर हिँडेका छन् गाउँ
त्यसैले त सुनसान देखिन्छन् ठाउँ
कतै सुनिएनन् गुमनाम छन् ती नाउँ
कसरी खायो वनमासाले
यो देशको अमूल्या खोपडी
जनतालाई ठीक छ भनिदिन्छन् किन
तिनै शासकहरू नै झुपडी

त्यसैले त
जलिरहेछ मन/मनमा ईर्ष्याको आगो
अव पनि
म मेरो देश नभोगूँ
म मेरो देश नलेखूँ

अब त
खोज्ला नि कसैले ज्ञान भित्रका अज्ञानता
बोल्ला नि कसैले सत्य भित्रका असत्य
हेर्ला नि कसैले चियाई /चियाई सत्यता
पढ्ला नि कसैले दियो मुनिका छायाहरू
यस्तै-यस्तै भोग्दै गर्दा
म मेरो देश नभोगूँ
म मेरो देश नलेखूँ

  1. -बिकास थापा
    हेरिसबर्ग , अमेरिका

प्रतिक्रिया