नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको प्रेष-बिज्ञप्ति

इनेप्लिज २०७४ पुष २२ गते ११:५७ मा प्रकाशित
प्रेष-बिज्ञप्ति
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको छैटौ राष्ट्रिय महाधिबेशन पश्चात निर्वाचन हुन नसकेको अवस्थामा महासंघको संघिय परिषदले बिशेष बैठक आयोजना गरि फिप्नाको गतिरोधको अन्त्य गर्दै सम्पूर्ण सदस्य संस्थाहरु संग छलफल गरि निकास दिन यहि जनवरी ७, २०१८ को दिन संघिय परिषदको बैठक आव्हान गरिएको सम्पूर्ण सदस्य संस्था तथा आदिवासी जनजाति एबम शुभचिन्तकहरुमा जानकारी गराउदछु |बिशेष गरेर कुनै पनि सामाजिक संस्थाको कार्यसमितिको अन्तिम कार्यक्रम महाधिबेशन हुन्छ र त्यहि महाधिबेशनबाट नयाँ कार्यससमिति छनोट गरिन्छ | फिप्नाको तात्कालिन कार्यसमितिले गत डिसेम्बर १७, २०१७ मा महाधिबेशन बोलाई, महाधिबेशनको खुला सत्र संचालन गरि फिप्नाको तात्कालिन अध्यक्ष लुईसाङ वाईबाले कार्यक्रमको समापन गरेका थिए | तत्-पश्चात प्रत्येक सदस्य संस्थाहरुबाट आएको ५\५ जना प्रतिनिधिहरुको बन्दसत्र संघिय सभाका सभामुख बिनोद पोमोको अध्यक्षतामा भएको थियो र जसमा तत्कालिन कार्यसमितिले पेस गरेको सांगठानिक तथा आर्थिक प्रतिबेदन पेस गरि आर्थिक प्रतिबेदनको केहि कार्यक्रम निकाली बन्दसत्रबाट पास गरिएको थियो | बन्दसत्रले आर्थिक तथा सांगठानिक प्रतिबेदन पास गरि नया कार्यसमितिको निर्बाचन सुचारु गर्न भनि निर्देशन दिए पश्चात तत्कालिन कार्यसमिति स्वत बिघठन हुने सामाजिक संघ सस्थाको र महासंघको पनि अहिले सम्मको प्रचलन हो |

कुनै पनि संस्थामा उठेको बिबादहरुको छलफल र निर्णय महाधिबेशनको बन्दसत्रमा गरिन्छ र बन्दसत्रमा भएको सहमति या निर्णयको आधारमा नया कार्यसमिति तयार गर्ने या निर्वाचन गर्ने गरिन्छ | फिप्नाको छैटौ महाधिबेशनमा पनि सदस्यता सम्बन्धी बन्दसत्रमा बहस चली उपस्थित प्रतिनिधिहरुको ध्वनिमतको आधारमा निर्णय गरि सो निर्णय अनुसार निर्बाचन समितिलाई निर्बाचन गर्ने निर्देशन दिईएको थियो | तर निर्बाचन समितिले महाधिबेशनको बन्दसत्रले निर्णय गरेको बिषयलाई बेवास्ता गर्दै विघठित कार्यसमितिको  अध्यक्षको ईसारामा बिनाकारण तत्काल निर्बाचन गर्न नसक्ने भनि तत्कालिन निर्बाचन समिति र आयोजक (तत्कालिन वा विघठित कार्यसमिति) महाधिबेशन स्थल छाडेर गए पश्चात महासंघको संघिय परिषदको सभामुख र १२ वटा सदस्य संस्थाको प्रतिनिधिहरुले छलफल गरि संघिय परिसदले ढिलोमा ६ महिना भित्र निर्बाचन गराई नया कार्यसमिति गठन गर्ने लिखित रुपमा सहमति गरि हस्ताक्षर गरेका छ | फिप्नाको संघिय परिषद प्रत्येक सदस्य सस्थाको ५ जना र च्याप्टर समतिको ३ जनाको सहभागितामा गठन हुन्छ | प्रतिनिधिहरुको समयावधी २ वर्षको हुने गर्दछ |

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका संघिय परिषदले बहुमत सदस्य संस्थाहरुको लिखित माग लाई मध्यनजर गर्दै महासंघको गतिरोध अन्त्य गर्न परिषदको बैठक बोलाई सकेको छ | उक्त बैठकमा गत महाधिबेशनको बारेमा समिक्षा गरि नया कार्यसमिति गठनको लागि आवश्यक परेमा नया निर्बाचन समिति र निर्वाचन आयोजक समिति गठन गर्ने छ र नवगठित समितिहरुले तोकिएको निश्चित समय अवधि भित्र बिधान र परिषद बैठकले निर्णय गरेको नियमावली भित्र  रही निर्बाचन सम्पन्न गर्नु पर्ने छ |

नेपाल आदिवासी जनजाति महासघ अमेरिकाको तत्कालिन कार्य समिति बिघठन भै सकेको अवस्थामा सम्पूर्ण सदस्य संस्था र च्याप्टर समिति बाट प्रतिनिधित्व गर्ने संघिय परिषदको कार्य अवधी आगामी दुई वर्षको हुने भएकोले महासंघको कार्यसमिति गठनको गर्ने कर्तब्य पनि संघिय परिषद्को नै रहने हुँदा यथा सक्य चाडो निर्बाचन सम्पन्न गरि महासंघको कार्यसमिति गठन गर्ने जिम्मेवारी संघिय परिषदले निस्पक्ष रुपमा पुरा गर्ने कुरा सम्पूर्ण सदस्य संस्था, च्याप्टर समिति र आदिवासी जनजाति तथा शुभचिन्तक हरुमा यसै प्रेष-बिज्ञप्ति मार्फत जानकारी गराउदछु |

बिनोद पोमो
सभामुख
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका
संघिय परिषद
जनवरी ५, २०१८

प्रतिक्रिया