आइतबार, माघ ७ २०७४ | Sun, January 21, 2018
नेपालको समय: १०:३७ | Washington DC: 23:52

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु

इटहरी, २३ पुस । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ ।

 

नेपालका तत्कालीन पाँच विकास क्षेत्र एवं तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकसहित १८७ एथलेटिक्स खेलाडीको प्रतियोगितामा सहभागिता छ ।

झण्डै ५० जना ओलम्पियनसहित प्रशिक्षक र निर्णायकसमेतको सहभागितामा तीनदिने प्रतियोगिताको उद्घाटन समारोहमा सदस्य सचिव विष्टले सरकारले नेपाली खेलको विकासमा विशेष चासोसहित बजेट विनियोजनमा सक्रियता देखाउँदै आएको बताउँदै देशमा नै सर्वाधिक पुरस्कार राशिको मदन भण्डारी अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल खेल पनि इटहरीको रङ्गशालामा हुन लागेको जानकारी दिनुभयो ।

मोरङ एथलेटिक्स संघका अध्यक्ष किशोरलाल अमात्यको अध्यक्षतामा भए ।

२०७४ पुष २३ गते १४:४० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी