सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: १७:४० | Washington DC: 07:55

शेर्पा किदुगद्वारा बाढी पीडितलाई सहयोग

गत अगस्त २०१७ मा नेपालको तराई क्षेत्रमा गएको बाढी पहिरोले सयौंले ज्यानको गुमाउनुको साथै हजारौ मानिसहरु घरबारविहिन र बिस्थापित भएका छन । मातृभूमि नेपालमा भएको यस बिपदको समयमा केही मात्रामा भए पनि सेवा र सहयोग पुर्याउने उद्धेश्य लिई शेर्पा किदुग अमेरिकाले गत अगस्त १४ देखी अक्टोबर १, २०१७ सम्म सहयोग संकलन आव्हान गरेको थियो । उक्त अवधिमा संकलन गरिएको सहयोग रकम जम्मा $४,६३८ (चार हजार छ सय अठ्तीस् डलर) संकलित गरिएको समेत सहर्ष जानकारी गराउँदछौं ।

सेवा नै धर्म हो भन्ने सम्झी शेर्पा किदुग अमेरिकाले संचालन गरेको यस अभियानमा आर्थिक सहयोग पु-याउनु हुने सम्पूर्ण दाता महानुभाव प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।

साथै उक्त अभियानबाट संकलित रकम नेपालको न्युज २४ च्यानलका लोकप्रिय कार्यक्रम ‘सीधा कुरा जनता सँग’का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछानेको पहलमा सप्तरीको हनुमाननगर स्थित तिलाठी कोइलाडीमा रहेको मुसहर वस्ती निर्माणको लागि हस्तान्तरण भई सकेको जानकारी गराउन चाहन्छौं ।

चन्दादाताहरुको नामवाली र प्रदान गरिएको रकम तल उल्लेख गरिएको छ । यहाँ थिच्नु होस् :

चन्दादाताहरुको नामवा%B

 

२०७४ पुष २४ गते २:२७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी