यहि मोरीलाई मन परेसी सक्किगो भन्दै आए तिलक सुनुवार (भिडियो सहित)

इनेप्लिज २०७४ पुष २४ गते १२:०२ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । ओखलढुंगा जिल्लाको खिजी देम्बा गाउ पालिका को एक जल्दा बल्दा प्रतिभावान कलाकार तिलक सुनुवारको पछिल्लो सांगीतिक कोसेली “पानि खानु मुलको” भर्खरै संकलन संगीत प्रालिले बजारमा उपलब्ध गराएको छ । उनले यस अगी “मोही पर्ने मदानी “(पुर्बेली भाका) मुटुमा चोट दिंदा मायाले” म त मर्छु होला लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता दर्शकहरुको मस्तिष्कमा डेरा जमाइसकेका छन् ।

भेगिए हिसाबले नेपालको पुर्बी भेगमा जन्मिए पनि त्यहाँको रहन सहनलाई गीत संगीत मार्फत बुनेर अन्य भूभागका गीत संगीत पनि कलाकार भएर सांगीतिक बजारमा उत्रिए पछी सबै आफ्नो कला प्रस्तुत गर्न सक्नु पर्छ भन्ने मान्यता राख्ने तिलकले आफ्नै कला संस्कृति र मौलिक परम्परा भित्र रहेर’ मोही पार्ने मदानी बोलको पुर्बेली भाका पश्चात अन्य गीतहरुका पनि आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

उनको पछिल्लो समयमा बजारमा आएको पानि खानु मुलको बोलको भाकामा सम्झना लामिछाने मगर र तिलक सुनुवार को नै सुमधुर स्वर सुन्न सकिन्छ । तिलक सुनुवार र किस्वर सुनुवारको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गितलाई लय तिलत सुनुवार र शब्द सपना सुनामको रहेको छ ।

गीतको मिठास्ता जस्तै यस गीतको म्युजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भैसकेको छ । भिडियोमा पार्वती राई र जोहन राई को अभिनय देख्न सकिन्छ । निकै रोमान्चक सैलिमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकर, छयांकन करन चैंसिर र सम्पादन अमर शाक्यले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

प्रतिक्रिया