नेपाली जनसम्पर्क समिति क्यानडाको शुभकामना कार्यक्रममा क्यानडाका सांसद रमेश सांघा सहभागी- नेपालमा राजदुतावास/भिसा अफिस स्थापनाको लागि बिशेष पहल गर्ने !

इनेप्लिज २०७४ पुष २४ गते १४:१४ मा प्रकाशित

क्यानडामा नेपाली कांग्रेस सम्बद्द संस्था नेपाली जनसम्पर्क समिति क्यानडाले अंग्रेजी नयाबर्ष २०१८ अवसर पारेर नेपालीहरु बीच शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम भब्य रुपमा सम्पन्न गर्यो। क्यानडाको संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रम व्यवस्थापिका संसद क्यानाडाका सांसद माननीय रमेश साङ्घाको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति तुल्सी पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट प्राप्त महामन्त्री डा. सशांक कोइरालाको शुभकामना संदेश पढेर सुनाइएको थियो। सन्देशमा महामन्त्री कोइरालाले नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति तुल्सी पौडेल तथा कार्यसमितिलाई सम्बोधन गर्नुहुदै छोटो समयमा संस्थाले गरेको प्रगति र संगठन बिस्तारमा यसले पुर्याएको योगदानको प्रशंशा गर्नु हुदै आगामी दिनमा प्रजातन्त्रमा बिश्वास राख्ने सबै साथीहरुलाई गोलवद्द गर्दै गर्दै एकतावाद्द गर्ने सम्पूर्ण प्रयासमा आफ्नो साथै नेपाली काँग्रेसको तर्फबाट साथ, समर्थन र सहयोग रहने संदेश प्रेषित गर्नु भएको थियो। संस्थाको तर्फबाट क्यानडा भ्रमणको बिशेष निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा यथाशक्य चाडो क्यानडा भ्रमण गर्ने वचन व्यक्त गर्नु भएको कुरा उपस्थित सबैमा जानकारी गराईएको थियो I

कार्यक्रममा प्रमुख अतिथि साङ्घाले सहभागीहरु लाई सम्बोधन गर्नु हुदै नेपाल र नेपालीहरुको संस्कृति, पहिचान एवं सुख दुख संग आफु सदैव परिचित रहेको सन्दर्भ उल्लेख गर्नुहुदै नेपाली समुदायलाई आफ्नो ठाउँ बाट जस्तोसुकै सहयोग गर्न संधै तयार रहेको कुरा बताउनु भयो। स्मरण रहोस्, एम. पी.साङ्घा नेपाल-क्यानडा संसदीय मैत्री क्लवका सदस्य समेत रहनुभएको छ। अर्को एक प्रसङ्गमा प्रमुख अतिथी साङ्घाले नेपालमा राजदुतावास/भिसा सेक्सन राख्नलाई आफ्नो तर्फबाट सक्दो पहलगरी सो को जानकारी नेपाली कम्युनिटीलाई दिने प्रतिवध्दता समेत व्यक्त गर्नु भएको थियो। यसअघि आफ्नो शुभकामना मन्तब्य संगै एन आर एन क्यानडाका पूर्व अध्यक्ष एवं नमस्ते रेडियोका सीईओ अनिल थापाले नेपालमा क्यानेडियन राजदुतावास स्थापनाको लागि क्यानडा सरकार समक्ष बिशेष पहल गरिदिन प्रमुख अतिथी माननीय रमेश साङ्घालाई विशेष ध्यानाकर्षण गराउनु भएको थियो।

उक्त कार्यक्रममा गैर आवाशिय नेपाली संघ क्यानडाका अध्यक्ष गोपी कृष्ण काफ्लेले नयाँवर्षको शुभकामना मन्तब्य दिनुहुदै यस्ता कार्यक्रमले नेपाली समाजमा आपसी सद्भाव, एकता र भाईचाराको सम्बन्ध लाई थप मजबुद गराउन मद्दत पुर्याउने विचार व्यक्त गर्नुभयो। साथै उहाँले आफु राष्ट्रियता, लोकतन्त्र र समाजबाद प्रति सहमत भएको जनाउदै नेपाली जनसम्पर्क समिति क्यानडाका सामाजिक कार्यहरुलाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो भने उपाध्यक्ष राज महतले भने नेपाली जनसम्पर्क समितिले गर्ने यस्ता सकारात्मक काममा एन.आर.एन. ए. क्यानाडा को सदैब सहयोग रहने विचार ब्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपालका लागि क्यानाडाका पर्यटन दूत नरबहादुर टन्डनले नेपालको पर्यटन विकाशको अभियानमा सबै संघसंस्थाहरुको सहयोग तथा योगदान रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा आमन्त्रित विभिन्न नेपाली सङ्घसस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, समाजसेवी साथै विभिन्न पेशासंग आवध्द प्रबुद्ध महानुभावहरुले शुभकामना मन्तब्य दिदै २०१७ मा समाजमा भएका राम्रा कामहरुलाई निरन्तरता दिंदै र कमीकमजोरी बाट पाठ सिक्दै नयाँवर्ष २०१८मा सबै मिली नेपाली समुदायको हितमा कामगर्न हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबध्दता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तब्य राख्नेहरुमा एन आर एन ए क्यानडाका पूर्व प्रमुख निर्वाचन आयुक्त एवं कन्सर्न नेपालका बोर्ड मेम्बर चन्द्र राई, एनआरएन क्यानडाका, महासचिव चिरन घिमिरे, प्रवक्ता रविन्द्र घिमिरे, एनआरएनए आई सी सी सदस्यद्वय अभिमन्यू बस्नेत र प्रमिला बस्नेत, एनसीएनसी क्यानडाका अध्यक्ष डि.आर खनाल, एभरेष्ट लायन्स कल्वका अध्यक्ष लायन मित्र काफ्ले, क्यानेडियन रिपोर्टस् का सिइओ नारायण घिमिरे, क्यानडा नेपाल महिला चौतारीका अध्यक्ष गीता दवाडी, प्रबासी नेपाली संघ क्यानडाको तर्फ बाट सचिव बेदनिधि न्यौपाने, आमन्त्रित समाजसेवी एवं बौद्दिक व्यक्तित्वहरु महेन्द्र कार्कि, प्रकाश ज्ञवाली, पूर्व प्राध्यापक बिष्णु अर्याल लगायतका हुनुहुन्थ्यो।

नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा एन आर एन ए क्यानडाका कोषाध्यक्ष सूर्य सापकोटा, एन सी एच सी को तर्फबाट वोर्ड मेम्वर केदार भट्टराई, पत्रकार राजु थापा, एभरेष्ट तेक्वान्दोबाट लीला शाही लगायत अधिवक्ता केशव दाहाल, सामाजसेवीहरु साथै संस्थाका केन्द्रिय सदस्य एवं पदाधिकारीहरु एवं विभिन्न पेशासंग आबध्द महानुभावहरुको सहभागिता रहेको थियो। संस्थाका प्रवक्ता लिलाधर न्यौपाने को संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा अतिथिहरुलाई स्वागत केन्द्रिय सदस्य सुदीप खनालले गर्नुभएको थियो भने संस्थाका महामन्त्री दीपक सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा, आर्थिक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने NRNA क्यानडाका उपाध्यक्ष राज महत, इन्सुरेंस तथा फाईनान्सियल एडभाईजर रामबाबु थापा, समाजसेवी प्रकाश ज्ञवाली लगायत प्रमुख अतिथि, बिशेस अतिथि एवं उपस्थित सम्पूर्ण शुभेच्छुक दाजुभाई दिदीबहिनीहरुलाई बिशेष धन्यवाद ब्यक्त गरिएको थियो।

प्रतिक्रिया