बुधबार, असार ६ २०७५ | Wed, June 20, 2018
नेपालको समय: १७:०५ | Washington DC: 07:20

अमेरिकामा कानूनी कागज पत्र नभएका मध्य अमेरिकी राष्ट्र एल साल्वाडोरहरुका नागरिकहरुले स्वदेश फर्कनु पर्ने

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस ) ले आज जनवरी ८ सोमबारका दिन कानूनी कागज पत्र नभएका मध्य अमेरिकी राष्ट्र साल्वाडोरहरुका नागरिकहरुले स्वदेश फर्कनु पर्ने भनि घोषणा गरेको छ l

उनीहरुलाई अहिले नै देश फर्कनु नभनि आज जनवरी ८ तारिखको मिति देखि १८ महिना सम्म सम्म समय तोकेको छ l झनै २ लाख ५० हजार आप्रवासीहरु यसको प्रभावमा पर्ने छन l कानूनी कागजात नभई १५ बर्ष देखि अमेरिकामा बसोबास गर्ने लाई यो घोषणाले अप्ठ्यारो पार्ने भएको छ l

यसको साथै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस ) ले अस्थाई सुरक्षित दर्जा(टिपीएस)अन्य देशलाई समाप्त परे झैँ एल साल्वाडोरहरुका नागरिकहरुले फर्कनु पर्ने छ l

अस्थाई सुरक्षित दर्जा(टिपीएस)ले सुरक्षा गरेकालाई सेप्टेम्बर ९,२०१९ सम्म अनुमति दिइएको छ भन्दै अमेरिका बस्न अन्य उपाय खोज्न या देश फर्कन तयार हुन् भनेको समाचार सीएनएन ले लेखेको छ

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस ) को भनाई अनुसार झन्डै २ लाख ५० हजार ले सन् २००१ देखि नै अमेरिकामा अस्थाई सुरक्षित दर्जा(टिपीएस)ले सुरक्षा दिएको कारण बस्दै आएको बताएको छ l

सन् १९९० मा स्थापित अस्थाई सुरक्षा दर्जा ले अहिले सम्म १० देशका झन्डै ३ लाख २० हजार नागरिकहरुलाई सुरक्षा दिई रहेको छ l जुन देशमा भूकम्प ,बाढी ,आँधीतूफान ,युद्ध तथा अन्य प्राकृतिक प्रकोप को मारमा परेका आप्रवासीलाई अमेरिकाले अस्थाई रुपमा दिदै आएको मानवीय सहुलियत हो l

२०७४ पुष २४ गते १७:५४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी