सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: १७:२७ | Washington DC: 07:42

माल्पी कप फुटबल टुर्नामेन्ट सम्पन्न

प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा आईडियलले गीताञ्जलीलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि जितेको हो । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको निर्धा्रित ७० मिनेटको फाइनल खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा आईडियलका गौरव श्रेष्ठ, सागर स्याङतान, अमित लामा र सागर थापाले पेनाल्टी अवसरलाई सदुपयोग गरे । गीताञ्जलीबाट राजिव शाक्य, अर्पण कार्की र सुजन तामाङले गोल गरे ।

मल्पी इन्स्टिच्युटद्वारा आयोजित प्रतियोगिताको उपाधिसंगै आईडियलले १ लाख नगद पुरस्कार पायो भने गीताञ्जलीले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

गीताञ्जलीका अर्पण कार्की सवोत्कृष्ट खेलाडी चुनिए । गोलरक्षकमा आईडियलका सुदीप मोक्तान, डिफेन्समा गीताञ्जलीका कृष्ण गुरुङ, मिडफिल्डमा आईडियलका सुरजज्यू ठकुरी र स्ट्राइकरमा आईडियलका अमित तामाङ उत्कृष्ट घोषित भए । गीताञ्जलीका आशिष तामाङले ‘गोल्डेन बुट’ पाए । अनुशासित टिमको उपाधि क्याम्पियनले हात पार्दा बुढानीलकण्ठले मल्पी अवार्ड जित्यो ।

विजेतालाई नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्री, ब्रिटिस काउन्सिलका कन्ट्री म्यानेजर जि ओ निल, मल्पी इन्टरनेसनल कलेजका चेयरम्यान राजेशप्रसाद श्रीवास्तव, मल्पी इन्स्टिच्युटकी प्रिन्सिपल जाना थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

२०७४ पुष २४ गते २०:४६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी