अमेरिकामा नेपाली चलचित्र “पंचायत “को प्रथम प्रदर्शन

इनेप्लिज २०७४ पुष २५ गते १:३३ मा प्रकाशित

विजय थापा ,नायक सरोज खनाल अभिनित नेपाली कथानक चलचित्र ‘पंचायत’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर )गरिएको छ । शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको छ l उक्त चलचित्र लिएर स्वयम् कलाकार सरोज खनाल दुई बर्ष पछि अमेरिका आएका हुन् l

उक्त चलचित्र हेर्न प्रख्यात नेपाली कथानक झोला चलचित्रका लेखक कृष्ण धरावासी पनि दर्शक भएर आएका थिए l अभिनेता खनाल बिगतमा उनको डिसी क्षेत्रमा लामो बसाई तथा उनले बिगतमा पनि यस क्षेत्रमा गरेका योगदान र उनका जन सम्पर्कको कारण उनको चलचित्र हेर्न शून्य तापक्रम भन्दा पनि मूनि रहेको मौसममा पंचायत हेर्न आएका थिए l

चलचित्र भवन भरि भराउ रहेको थियो भने दर्शकले चलचित्र सुरु हुनु अगाडि सरोज खनालको कारण आएको प्रतिकृया दिएका थिए भने नेपाली चलचित्रलाई मायागर्ने दर्शकहरुको पनि उपस्थिति रहेको थियो l

चलचित्र सुरु गर्नु अगाडि कलाकार खनालले अरु चलचित्र भन्दा पृथक रहेको भनेका थिए l मूल त नेपालको पश्चिम क्षेत्र बिशेष महिलाहरुले भोग्दै आएको आएको छाउपडी प्रथा तथा सामाजिक कूरुतीको विरुद्ध चेतना मूलक चलचित्र रहेको बताएका थिए l उनले चलचित्रमा कुअनि गीत ,मनोरंजन तथा अन्य हास्य व्यंग्य नभएको भन्दै धैर्य धारण गर्दै ध्यान दिएर चलचित्र हेर्न अनुरोध गरेका थिए l

खनालले यो चलचित्र आफूले नेपाली कथानक चलचित्र झोला हेरेर उत्प्रेरित भएको भन्दै चलचित्र झोलाका लेखक कृष्ण धरावासी दर्शक भएर आएका लाई एक पटक उठन लगाएका थिए l उनले यो चलचित्र व्यापारिक (कमर्शियल )हैन भनेका थिए l

चलचित्र समाप्त पछि दर्शकले घर पुगे पछि चलचित्र साह्रै राम्रो ,सामाजिक बिकृति अनि त्यस बेलाको समाजलाई राम्ररी देखाईएको प्रतिकृया दिएका छन् l यसै गरि कलाकारहरुको जीवन्त अभिनय ,निर्देशकिय पक्ष अति राम्रो,छायाङ्गकन तथा सम्पादन पनि राम्रो लागेको सामाजिक संजालमा लेखेका छन् l

यसै गरि चलचित्र सकिएको आभास नभएको र नेपाली चलचित्र झोला पछिको राम्रो लागेको चलचित्र पंचायत रहेको समेत सामाजिक संजालमा लेखेका छन् l यसै गरि सुदुरका गाँउहरुमा विकराल रहेको छाउ प्रथाले अझै पनि जरा गाडेको छ । घरबाट टाढा छुट्टै छाउगोठ र खोरहरुमा देखेका आँखाले चलचित्रमा पनि सोही अपेक्षा गरेको समेत उल्लेख गरेका छन् l

चलचित्र पंचायत अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा चलचित्र ‘पंचायत’ले बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको पुरस्कार जित्न सफल भएको थियो । सोही चलचित्रमा अभिनय गरे बापत अभिनेत्री निता ढुंगानाले उत्कृष्ट मुख्य अभिनेत्रीको पुरस्कार आफ्नो पोल्टामा पारेकी थिईन् ।

चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङेल, विशाल पहारी लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया