यदि तिमि पराइको भयौ भने म मर्दा रुन्छौ रुदिनौ भन्दै आए शिब कास्यप (भिडियो सहित)

इनेप्लिज २०७४ पुष २५ गते १२:१३ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै नव कलाकारहरुको आगमन भैरहेको छ ।यस भित्र कोहि पैसाको भरमा आएका छन् त कोहि प्रतिभा भएर यस क्षेत्रमा प्रवेश गरेका छन् । यसरी पैसाको भरमा यस आएका कयौं कलाकाहरु पलाएन पनि भैसकेको यथार्थता पनि हामीले देखि सकेका छौं ।

सोहि क्रममा हामी कलाकारहरुले नेपाली कला संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्नु पर्छ, यस क्षेत्रमा निरन्तरता दिनको लागि ज्ञान पनि हुनु पर्दछ भन्ने मान्यता राख्नु हुने एक अर्का कलाकार शिब कास्यप को यस सांगीतिक क्षेत्रमा आगमन भएको छ । लम्जुंग जिल्लाको सुर्यपालमा जन्मिएका र हाल दुई पिप्ले रम्घा मध्य नेपाल नगरपालिका उनि निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रका लागि मोह दर्साउथ्ये तर समय अनुकुल नमिलेको कारण पछिल्लो समयमा आएर मात्र एक गीतको अडियो तथा भिडियो सार्बजनिक गर्न सफल भएका छन् ।

सिर्जना डिजिटल म्युजिक प्रालि मार्फत बजारमा आएको उक्त गीत “म मर्दा” बोलको हो । शिब कास्यपको नाम बाट बजारमा आएको यस गीतमा शिब कास्यप र पूर्ण कला बि.सी को रहेको छ भने लय शब्द पनि उनै प्रतिभावान कलाकार शिब कास्यप को नै रहेको छ । निकै मन छुने भाव लहरीमा तयार भएको यस गीतको म्युजिक भिडियो पनि तयार भैसकेको छ । भिडियोमा दिनेश बस्नेत र टिना श्रेष्ठको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन प्रविन भट्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया