नेपाली राजदूत डा. सुवेदी उर्जा शक्तिमा केन्द्रित

इनेप्लिज २०७४ पुष २६ गते २२:११ मा प्रकाशित
लण्डन  पौष २७ । लण्डनस्थित नेपाली दुतावास प्रमुख कार्यलयका एक सभाहलमा संन्चालित कार्यक्रममा राजदूत दुवसुले नेपालमा नेपालीहरुले भोगिरहेका अन्धकारलाई उज्यालो बनाउने जिकिर गरेका छन् ।
विश्व उर्जा परिषदका उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका संघका महासचिव फेरी समक्ष डा. दुबसुले आफनो ओहोदाका प्रमाण-पत्र पेश गर्दै प्रतिनिधि तथा प्रदेश सभाका निर्वाचित सांसदहरुलाई नयाँ सरकार निर्माण हुन लागेका प्रक्रिया जानकार गराएका थिए । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकमा राजनीतिक स्थिरता कायम भइसकेको परिपे्रक्ष्यमा नयाँ आउने नेपाल सरकारको मुख्य लक्ष्यमा आर्थिक विकास बढ्ने उल्लेख गर्दै स्थायी प्रतिनिधि डा.  सुवेदीले करीब ४३ हजार मेघावाट क्षमता रहेको नेपालको जल विद्युत क्षमतालाई मुलुकको  आर्थिक विकासको मेरुदण्डका रुपमा विकास गर्न नेपाल सरकार प्रतिबद्व रहेको खुलासा गरेका थिए । 
 
राष्ट्रकालागि आफु उर्जा विकास लगानी साथसाथै सहभागीता बढाउन र विश्व उर्जा समुदायमा नेपालको उपस्थिति जनाउन नेपाल सरकारको तर्फबाट आफुले सके सम्म जीवनभर भहभागीता जनाउने नेपालीमाँझ विश्वास दिलाएका थिए ।
उक्त उर्जा परिषदका महासचिब  फेरीले स्थायी प्रतिनिधि डा. सुवेदीको प्रमाण-पत्रलाई स्विकार गर्दै नेपालकालागि स्थायी प्रतिनिधि सदस्य चयन भएको घोषणा गरिरहदा उपस्थित नेपालीहरुले लण्डनमा रहेका नेपाली राजदूत डा. दुबसुलाई शुभकामना दिदै बधाई दिएका थिए । 
 
संघका महासचिब श्री फेरीले नेपालमा लोकतान्त्रिक सविधान जारी भई यसको कार्यन्वयन स्वरुप सफलतापूर्वक निर्वाचन सम्पन्न भएको खबर पाउँदा आफुलाई हर्ष उत्पन्न भएको र अव नेपालले आर्थिक विकासलाई तीव्रता दिनु आवाश्यक रहेको र सोकालागि उर्जा विकास उपरिहार्य रहेको बर्णन गरेका थिए ।  महामहिम फेरीले नेपालमा महाभूकम्प र बाढिपिडित जस्ता प्राकृतिक प्रकोपबाट पीडित नेपालले त्यसको पुननिर्माणका साथसाथै उर्जाको दिगो विकासमा ध्यान केन्द्रित हुनु पर्ने , त्यसकालागि आफनो र विश्व उर्जा परिषदको आवाश्यक सहयोग रहने बताए ।
 
राजदूत सुवेदीलाई नेपाल भ्रमणको निमन्त्रणाकालागि धन्यवाद व्यक्त गर्दै फेरीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बाचा दिईएको समारोहमा दुताबासका काउन्सेलर तथा उपनियोग प्रमुख श्री शरदराज आरणको समेत उपस्थित रहेका थिए । 

प्रतिक्रिया