लक्यान लामाको सात बुँदे प्रतिबद्धता सहित अध्यक्ष पदमा उम्मेदवारीको घोषणा

इनेप्लिज २०७४ पुष २७ गते २:५० मा प्रकाशित

अमेरिकाको न्युर्योकमा यही जनवरी १३ र १४ मा हुन लागेको उत्तर अमेरिकी तामाङ सम्मे्लनका लागि सदस्य–सचिव लक्यान लामाले अध्यक्षको उम्मेद्वारी घोषणा गरेका छन् । ज्याक्सन हाइटको थकाली किचेनमा एक कार्यक्रम गरि उनले ७ बु“दे प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेद्वारी घोषणा गरेका हुन् ।

सम्मेलन आयोजक समितिको सदस्य सचिवमा रही सम्मेलनको तयारीमा दिलोज्यान दिएर लागेका उनले आफूले निर्वाचन सहज रुपमा जित्ने दावी गरेका छन् । ‘मैले त्यत्तिकै उम्मेद्वारी घोषणा गरेका छैन’, उनले भने, ‘प्रतिबद्धता र मास्टर प्लान सहित मैले आफूलाई उभ्याएको छु । समग्र तामाङ एकता र प्रगतिका लागि खाली दिमाग हैन, समुदायले परिवर्तन पनि चाहन्छ त्यसैले समुदायको माँग अनुसार प्रतिबद्धता र मास्टर प्लान सहित अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’
उनले निम्नानुसारको प्रतिबद्धता र मास्टर प्लान सार्वजनिक गरेका छन् –

प्रतिबद्धता–

तामाङ सोसाइटी अफ अमेरिकाको मास्टर प्लान अन्र्तगत रहेको ‘तामाङ कल्चर एण्ड बुद्धिष्ट सेन्टर ट्रस्टी’ अन्य राज्यहरुको सहयोग र सदभाव जुटाएर कार्यान्वयन गर्ने पहल गर्ने

दक्ष प्राविधिक एवं विज्ञहरुको सहभागितामा भर्चुअल तामाङ अनलाईन स्कुल संचालन गर्ने

भाषा, धर्म, कला, संस्कृति संरक्षण र सम्बद्र्धनका लागि सम्बन्धित राज्यहरुको संस्थाहरुस“ग छलफल र सहकार्य गरि कार्यक्रमहरु गर्ने

उत्तर अमेरिका भरका युवा तथा विद्यार्थीहरुको साझा फोरमको रुपमा ‘युवा तथा विद्यार्थी मञ्च’ बनाउने

आपत विपत निराकरण समिति बनाउने

विभिन्न राज्यहरुमा डम्फु सा“झ गर्ने र त्यसलाई निरन्तरता दिने

केन्द्रिय कार्यालय स्थापनाको पहलकदमी गर्ने

मास्टर प्लान–

ग्लोबल तामाङ कन्फ्रेन्स गर्ने

अन्तराष्टिय तामाङ एजुकेशन फण्ड स्थापना गर्ने

तामाङ प्रशासकीय भवन बनाउने

संयुक्त लगानीका लागि पहल गर्ने

को हुन् लक्यान लामा ?

लक्यान लामा लामो समयदेखि तामाङ सुमदायको हक, हित र अधिकारको लागि संघर्षरत व्यक्तित्व हुन् । उनी पर्सा जिल्ला निर्मलवस्ती गाविस हालको ठोरी गाउँपालिकास्थित ब्रम्हनगरमा जन्मेका हुन् । नेपाल ल क्याम्पस काठमाडौंबाट स्नातक गरी त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनीसँग नेपालमै रहँदा कानून ब्यबसायीको रुपमा सर्वोच्च अदालतमा बहस गरेको अनुभव समेत छ ।

पछि उनको जिम्मेवारी विभिन्न मन्त्रालय हुँदैसमाज कल्याण परिषदमा सर्यो, र त्यहाँ उनले सहायक निर्देशकको जिम्मेवारी पनि बहन गरे । जहाँ रहे पनि सामाजिक गतिबिधिसित जोडिन चाहने समाजसेवी लामा सन् २००७ देखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आइरहेका छन् भने तामाङ सोसाइटी अफ अमेरिकाको सचिव र महासचिव पदमा रही तामाङ समुदायमा सक्रियता देखाइसकेका छन् । उनी उत्तर अमेरिकी तामाङ सम्मेलन आयोजक तदर्थ समितिमा सदस्य सचिवको रुपमा रही सम्मेलनमा सफल बनाउन दिलोज्यान दिएर लागिरहेका छन् ।

प्रतिक्रिया