सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: १७:३४ | Washington DC: 07:49

सिरहा र सर्लाहीमा जाडोले कठ्यांग्रिएर थप चारजनाको मृत्यु

सिरहा, पुस २७ । सिरहामा गएराती जाडोले कठ्याङ्ग्रीएर दुई जनाको ज्यान गएको छ ।सिरहा अर्नमा लालपुर गाउँपालिका ३ का ६५ वर्षीय कारी यादव र धनगढीमई नगरपालिका १२ का ५५ वर्षीय खुसिलाल मुखिया मलहानको जाडोले कठ्याङ्ग्रीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो सहित सिराहामा चिसोबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यता, सर्लाहीमा पनि चिसोका कारणले थप दुईजनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका- १४ हरकठ्वाकी ७५ वर्षीया थपाइन देवी चौधरी र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी ६० वर्षीया सेखआस महम्मदको कठ्यांग्रिएर ज्यान गएको हो । उनीहरु दुबैको गएराती सुतेकै ठाउँमा मृत्यु भएको स्थानीयले बताएका छन् ।

२०७४ पुष २७ गते १२:२१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी