वाल्मार्टले सुत्केरीलाई १० हप्ताको विदा सुविधा सहित भुक्तान गर्ने, कर्मचारीले लाभांस पनि पाउने

इनेप्लिज २०७४ पुष २७ गते २३:३० मा प्रकाशित

विश्व कै सबै भन्दा ठुलो खुद्रा पसलको व्यवसाय गर्ने वाल्मार्टले न्युनतम तलव एघार डलर पुर्याउने भएको छ l रिपब्लिकन कर कानून अनुसार वाल्मार्टले दिने भएको छ l वाल्मार्टले आगामी फेब्रुअरी महिना देखि बढेको रकम प्रदान गर्नु को साथै $ १ हजार डलर सम्म लाभांस पाउने भएका छन् l

सन् २०१५ मा वाल्मार्टले $ १० डलर प्रतिघन्टा बनाएको थियो भने औसतमा स्थाई पूर्ण समय काम गर्ने कर्मचारीले घन्टाको $ तेह्र डलर सम्म पाउदछन l वाल्मार्टका प्रमुख कार्यकारी अधिकारीले एक छापा बिज्ञप्ति जारी गर्दै उक्त कुरा उल्लेख गरेका छन् l

यसै बीच वाल्मार्टले आफ्नो स्वामित्वमा रहेको थोक मूल्यको साम क्लबहरु केही शहरहरुमा बन्द गर्ने समेत घोषणा गरेको छ l जसको कारण सयौ कर्मचारीले जागिर बाट हात धुनु पर्ने भएको छ l यसै गरि कम्तिमा २० बर्ष काम गर्ने कर्मचारीलाई कम्तिमा एक हजार डलर को लाभासं वितरण गरिने समेत जनाएको छ l पूर्ण कालिन काम गर्नेले मात्र उक्त सुबिधा पाउने छन् l

यसै गरे अमेरिका कै सर्बाधिक ठुलो निजि क्षेत्र बाट संचालित वाल्मार्टले अमेरिकामा पूर्ण कालिन काम गर्ने कर्मचारीको हकमा १० हप्ताको महिलालाई मातृत्व (सुत्केरी )सुबिधा सहित भुक्तानी गर्ने र अभिभावकत्व बिदाको लागि ६ हप्ता सम्मको लागि भुक्तान गर्ने भएको छ l अमेरिकामा यस्ता खुद्रा कारोबार गर्ने ब्यबसायमा सुत्केरी हुँदा पनि काम गर्दा मात्र तलव पाइने हुन्छ l

प्रतिक्रिया