राष्ट्रपति ट्रम्पले आप्रवासीहरुमाथि अशिष्ट शब्द प्रयोगको व्यापकता

इनेप्लिज २०७४ पुष २८ गते १:१९ मा प्रकाशित

जनवरी ११ ,अमेरिकामा अस्थाई सुरक्षित दर्जा (टेम्पोररी प्रोटेकटेड स्टाटस ,टीपिस ) सुविधा हैटी र एलसाल्भाडोर ले नपाउने भनि निर्णय गरेको समाचार सेलाउन नपाउदै ट्रम्प प्रशासनको निर्णयलाई अदालतले उल्ट्याई दिएको अझ पनि सेलाएको छैन l

आज व्हाइट हाउस स्थित राष्ट्रपति डोनाल्ड ट्रम्प को आधिकारिक कार्यालय ओभल कार्यालयमा आप्रवासीहरुको बिषयमा भएको छलफलमा राष्ट्रपति ट्रम्पले आप्रवासीहरु माथि अशिष्ट/क्षुद्र शब्द को प्रयोग गरेको समाचारलाई अमेरिकाका प्रसिद्ध समाचार वाशिंगटन पोष्ट ,न्यू योर्क टाइम्स,सीएनएन,सीबिएस एनबिसी लगायत सबैले उच्च प्राथमिकता दिदै प्रकाशित गरेका छन् l र यसको व्यापक चर्चा परिचर्चा हुन् थालेको छ l

उनले बिहिबार दुवै दलका विशिष्ट सिनेटरहरु संग भएको छलफलमा उनले अमेरिकाले किन यस्ता देशलाई अनुमति दिने भनि अशिष्ट/क्षुद्र शब्द गरेका छन् भनि लेखेका छन् l ट्रंपले उनीहरुका योजना गरिएका प्रस्तुत गरिएका भनाईलाई अस्विकार गरेका छन् l यसै बीच व्हाइट हाउसले पनि उनले भनेको कुरालाई अस्विकार गरेको छैन

ट्रंपले सिनेटर डिक डर्बिन संग भेट भएको उल्लेख गरे भने ६ जना सिनेटरहरु बीच सम्झौता का रुपरेखाहरुमा सहमति भै हजारौ यूवायूवती आप्रवासीहरुको देश निकालाबाट कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको जनाएको छ l

डर्बिनले केही लेनदेनमा सहमति भएको ब्याख्या गरेका छन् भने बिबिधता चिट्ठा (डिभी) को माध्यम बाट लाभ उठाई रहेका अफ्रिकन ,मध्य अमेरिका तथा क्याराबियन देशको अन्त्य हुने बताएका छन् l

यसै बीच राष्ट्रपति ट्रंपले जिज्ञाशा राख्दै किन हामी हैटीका जनतालाई प्रवेश गर्न चाहन्छौ भनि भनि प्रश्न गरे ? उनले अफ्रिकाको नाम लिदै अगाडि भने किन अधिक मात्रामा सयुक्त राज्य अमेरिकामा प्रवेश दिने भनि क्षुद्र शब्द को प्रयोग गरेको संचार माध्यममा समाचार छ l राष्ट्रपतिले हामी लाई किन नर्वे जस्ता देशका का जनता नहुने भनि अगाडि आफ्ना कुरा राखेका थिए l

व्हाइट हाउसका प्रवक्ता भारतीय मूलका राज शदले राष्ट्र पतिको टिप्पणी प्रति हिफाजत गरेता पनि उनको टिप्पणीलाई सोझै अस्विकार नगरेको समाचार डब्लुटिओ मा छ l

उनको यो कुरा बिश्व भरमा डडेलो लागे झैँ भै रहेकोमा प्रतिकृया धमाधम आउन थालेका छन् l

.

.

प्रतिक्रिया