बज्जिका साहित्यगोष्ठी भव्यतापूर्वक सम्पन्न

इनेप्लिज २०७४ पुष २८ गते ११:३८ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
बज्जिका साहित्य संगम रौतहटको आयोजनामा बज्जिका साहित्यगोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । रेडियो मधेस मसला एफएममा आयोजित संगमका २०औँ गोष्ठीमा दुई दर्जनभन्दा बढीले विभिन्न विधाका रचना वाचन गरेका छन् । संगम अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जय मित्र, बज्जिका भाषा शिक्षक प्रतिष्ठान नेपालका अध्यक्ष सफिन्द्र प्रसाद यादव, बज्जिका पत्रकार संघ नेपालका अध्यक्ष राजेश्वर पाण्डे, बज्जिका खबर अनलाइन पत्रिकाका सम्पादक मनोज कुमार चौधरी, मावि श्रीपुरका प्रधान शिक्षक राम अधार पासवान, आधारभूत विद्यालय अमरपटिका प्रधान शिक्षक किशुन दयाल यादव, शेख चाँद अलि, चन्द्रकिशोर झा, भोला पासवान, हरिबहादुर जिसी, केदार यादव, समतोलिया कुमारी मुखिया, संगीता सहनी, राजेन्द्र प्रसाद साह, हरेकृष्ण साह, गायकत्रय संजय महतो राज, चन्दन पटेल, रवीन्द्र पटेल लगायतले रचना तथा मन्तव्य वाचन गरेका छन् । बज्जिका भाषा तथा साहित्यको विकासका लागि विभिन्न स्थानीय तहसित समन्वय गरेर अगाडि बढ्न विभिन्न कार्ययोजना समेत बनाइएको अध्यक्ष चन्द्रांशुले बताएका छन् ।

प्रतिक्रिया