बुधबार, असार ६ २०७५ | Wed, June 20, 2018
नेपालको समय: १७:०६ | Washington DC: 07:21

राष्ट्रपति भए पछि पहिलो पटक ट्रम्प को शारीरिक स्वास्थ्य जाँच

जनवरी १२,राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति भए पछि पहिलो पटक उनको शारीरिक स्वास्थ्य जाँच भएको छ l उनको स्वास्थ्य सम्बन्धि सवाल उठी रहेको समयमा उनको चिकित्सा परीक्षण गरिएको हो l

उनको स्वास्थ्य परीक्षण डीसी भन्दा बाहिर मेरिल्याण्ड राज्यमा सम्पन्न भएको छ l मेरिल्याण्डको बेथेस्ड़ा स्थित वाल्टर रिड सैनिक अस्पतालमा शुक्रबार स्वास्थ्य जाँच गरिएको छ l जाँच पछि गल्फ खेल्न उनि फ्लोरिडा लागेका छन् l उनलाई परिक्षण गर्न लगभग ३ घण्टा लागेको थियो भने डा रोनी ज्याक्सनले हेरेका थिए l

उनलाई मानसिक रुपमा अस्वस्थ्य भन्ने आरोप लागेको भएता पनि उनले आफू धेरै स्थिर तथा प्रतिभाशाली दाबी गरेका थिए l उनको रक्तचाप,कोलेस्टेरोल ,मधुमेय ,हृदय गति तथा वजन आदि लिइएको थियो l

उनको हल्का स्वास्थ्य जानकारी शुक्रबार नै आउने व्हाइट हाउसका चिकित्सक ज्याक्सनले बताएता पनि पूर्ण बिबरण भने मंगलबार आउने र संचार माध्यमलाई जानकारी गराउने भनि एनबिसी४ मा समाचार छ l

२०७४ पुष २८ गते २३:५४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी